सुमन खतिवडा
गुराँ
स फूल्ने पहाडहरु मौन छन्भर्खरै मलाम लगाएर आएछन् क्यारे
किन सुनसान छन् बस्तीहरु
न मादल घन्केको छ
न सोरठी गुन्जेको छ
सुन्छु २...............
सुनखरी फूल्ने जंगलहरु रक्ताम्मे छन्
रक्ताम्मे छन् पहाडका कान्लाहरु
खै उजेलीहरुको हाँसो कसले खोस्यो
खै गौंथलीहरुको गुँड उसले भत्कायो,
घरमा आगो लगाएर.........
खरानीको टीकाले गर्व गर्नेहरु पनि
रहेछन त्यहाँ
किन दुख्दैन मन.........
सगरमाथा धुरुधुरु रुदाँ
किन दुख्दैन मन बुद्घको आँगनमा
रगतको भल बग्दा
अनि किन दुख्दैन मन
आफ्नै अगाडी आफ्नो देशको चीरहरण हुँदा
संवेदना हराएको छ.........
मानिसहरुको उदयमा,
पत्थर खोज्न अब खोला धाउनुपर्दैन
हरेक मनमा पत्थरले अब बास गरेपछि
हाम्रो हिमालमा अब कोईली कराउन छोडिसक्यो
कफ्र्यू छ आज गाउँ गाउँमा
कफ्र्यू छ आज भीर पाखामा,
अनि चक्काजाम र नेपाल बन्द छ
प्रमुख नाकाहरुमा
खबरदार चराहरु
तिमीहरु आज चिरबिर नगर
किनभने आज कफ्र्यू छ,
किन भने आज नेपाल बन्द छ
कहिले घोषित छ त कहिले अघोषित
वर्दी र बिनावर्दी बुख्याँईचेहरुको,
आदेश यस्तै छ
गाईने दाई आज सारङ्गी नबजाऊ
वेदनाका गीतहरुमा नतडप
किनभने आज पूर्वका जनता
कोशी पीडीत छन्
अनि सुदुपश्चिमका जनता पनि
भाव विहवल छन्,
आफन्तहरुका प्रतिक्षमा प्रतिक्षारत यात्री झैं
त्यसैले साहित्यकारहर पनि कलम बन्द गर
ति आम जनताको दःखमा हातेमालो गर्न
अनि पुन एकचोटी कलम चलाऊ
सुन्दर शान्त अनि समुन्नत नेपालको,
मिठो रस्वादन गर्न अनि
साँच्चै नयाँ नेपालको परिकल्पना गर्न
साथै पक्षपात रहित नयाँ नेपालको न्यानो
अभाष व्यक्त गर्न ।
चादनीचोक ६, विराटनगर