बेरोजगारीको पिडा
सुशिल आचार्य
आमा बा ले सुन्नुस् मलाई सकेको पढाए
जम्मा गरी राख्या पैसा पढाई मै बगाए
मैले पनि सके जति पढे लेखेकै हो
यो छोरो त ठूलै हुन्छ बाले भने कै हो
जब सिद्घयो पढाई मेरो काम खोज्न थाले
विज्ञापन देख्दा दाउमा निवेदन हाले
कसो गरी निस्कोस नाम मेरो कोही छैन
जागीर खान घुस दिने पैसा नै भएन,
यो कारणले छैन हजुर अहिले मेरो काम
नातेदारले राखेका छन बेरोजगारीको नाम
घरमा बसे सँ
धै भरी कचकच हुन्छ
आमा बा को गालीले मन चसचस हुन्छ
कहिले डुल्छु यताउता कहिले डाँडापारी
दुईचार जना म जस्तैलाई अघि अघि सारी
मेरो कुरा ठुलो हुन्छ हिम्मत फुट्टी छैन
समय नै कटाँउने हो क्यै गर्नै पर्दैन
कसैले दया चुरोट चिया रमाएर खान्छु
आहा कस्तो राम्रो मान्छे म नै उसलाई भन्छु
कमाई मेरो केही छैन माया कस्ले गर्ने ?
दुइचार रुपैँया खर्च गर्न घरमा माग्नु पर्ने
ज्यालादारी सानो काम मलाई नहुने
चार पाँच हजारको लुगा त जिउने नै नहुने
बेरोजगारलाई घरमा त्यसै पैसा दिन्थे किन
धिकारदैछु आफैलाई कस्तो मेरो दिन ?
कति दिन कहिले सम्म यस्तो हुने होला
जे सुकै होस जोगी बन्न बोक्नु पर्यो झोला
मेरो मन चन्चल भयो जाउ कता तिर
\\\"बेरोजगार छु अहिले मलाई साह्रै पर्यो पिर\\\" ।।
Author -
सुशिल आचार्य | Posted on
Apr 16 2009 Thursday | Views : 8890
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५