आगोको भोक (तृतीय)


हड्डी पेलेर, पसिना मुछेर
ऊ हुन्छ सदा नव-निर्माणमा
थाक्दैन तर हारेको हुन्छ
सहस्र कालको भोको मान्छे ऊ
जसले ठड्यायो गगनचुम्बी संसार
आफू चिसा छिाडी भोगीरहेछ आज
भोकले मुटु जलेको छ
ऐहशास दुखेको छ
बाँच्नलाई भोक पिनु छ
हाँस्नलाई शोक पिनु छ
खाएर जुठोपुरो आधा पेट
पानीले शान्त गरेन भोक
सल्किरहेछ झन पेट्रोलझै
ढुङ्गामूढा चपाएर
रसाएन देह सुकेको
पूरै भोकले गलेको छ
अस्तित्व ज्यूादै ढलेको छ
कर्मवीर झुक्दैन तर लुटिएको हुन्छ
पानीले शान्त पार्न नसकेपछि
जुनीजुनीको विघ्न भोक निभाउन
उसलाई आगोको भोक लागेको छ
मान्छेलाई आगोको भोक लाग्छ कि अन्नको,
पानीको प्यास लाग्छ कि आगोको ?
अन्नपानी नपाउादा आफै सल्किदो छ ऊ
निल्न चाहन्छ आज दावाग्नि
वडवानल !
र, उकेल्न चाहन्छ तृप्तिपछि
पञ्चमहासिन्धू र सप्तमहाद्घपि
ढाँकेर त्यस्तो विशाल लप्का
जसले अतृप्त धरतीका
लाखौ भोकलाई तृप्ति दिादै
कुहिएको विशाल-विषाक्त काँचुली
भष्मिभूत तुल्याउने छ एक दिन !
त्यसपछि पलाउने सुन्दर तहले
धर्तीमा नयाँ आवरण
फलाउने छ एक जुग !!

राजेन्द्रप्रसाद पन्त/बैराकवी (बौतडी)

Author - राजेन्द्रप्रसाद पन्त/बैराकवी | Posted on Dec 23 2010 Thursday | Views : 9095
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६७


थप साहित्यहरू / Other Literature


  • अहम् (सान्त्वना)
  • पागलहरू (द्घीतिय)
  • सडक (प्रथम)

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Un Photo Gallery

    Poem Competition 2065

    Poem Competition 2066

    KSTM Kavita gosti pics ( 2065/6/4)