अहम् (सान्त्वना)
यौटै बाटोमा यात्रा गर्दागर्दै
अलगअलग गन्तव्य खोजी गरेपछि
असमझदारी र वाञ्चनाहरू निम्त्याइरहनु पर्दैन
आफै खडा हुन्छन् अविश्वासका पर्खालहरू
जति चोटी पन्साए पनि रहिरहन्छन् दागहरू
खाटा बस्छन्, उप्किन्छन्, बल्झिरहन्छन् ।
त्यसैले,
एउटा बाटो यात्रा गर्दा अलगअलग गन्तव्य नरोज्नु
अहंकारले एक्लो यात्रा थेक्दैन ।
पश्चातापले मेटिादैन पुरानो घाउ ।
खिल पल्टिएपछि ईखको रहिरहन्छ द्घोष ।
आशंकाको एकतर्फी शब्दकोशमा
जति अर्थ्याए पनि हुन्छ आरोपको एकतर्फी लाञ्छना
जति तन्काए पनि हुन्छ आफैले रचेका काल्पनिक इतिहास ।
जित्ने नाममा हारिएला महाशय,
आवेगमा अहंकारले जित्छ,
आवेशमा सम्बन्धले हार्छ ।
जीते जस्तो लाग्छ आफूलाई अहंकारको अन्धकारमा
हारिरहेको यथार्थमा पर्दा लागिरहेको हुन्छ ।
अहम्ले विर्साउँछ आदर पनि,
अहम्ले विर्साउँछ औकात पनि ।
आफ्नै सम्बन्धमा ढडेलो लगाएर आत्मरतिमा रमाउनु हुदैन
सम्बन्ध काँचको घर हो, फुटाएपछि जोड्न सकिदैन ।
जीतहारको परिभाषा आफैाले केलाउनु पर्छ ।
जीवनको नियात्रामा बाटाहरू धेरै हुन्छन्
आफ्नो गन्तव्य आफैाले पहिल्याउनु पर्छ ।।
श्यामकुमार भट्टराई (झापा)
Author -
श्यामकुमार भट्टराई | Posted on
Dec 23 2010 Thursday | Views : 10698
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६७