जिन्दगी


          स्वयम्वर हाङ

एउटा अधुरो कथा जस्तो
एउटा निर्दयी पल जस्तो
खै कस्तो कस्तो
तिमीले पुछ्न नसाको आँसु जस्तो
मेरो बस्तिमा म एउटा अधुरो मान्छे
टाउकै टाउकोहरुको कोलाहालमा
कतै हराएको जस्तो
मृत्यु र जीवनको दोसाँधमा

दिन र रातको मध्य रेखामा
एउटा फिनिक्सको कथा जस्तो
ईन्द्रेणीको सप्तरंगी छाँयामा हराएका जस्तो
उनिदैछन जीवनका यात्राहरु
एकक्षण, क्षणभरको आशा माँझमा

फेरी हराउँछन् सपनाहरु
यस्तै त साछी
दिनभरी रुपियाँले टोक्छ
रात भरी उपियाँले टोक्छ
मानव भएर मानव बस्तीमा
म मानव भन्नु बेकार छ ।।

रोल्पा धवाङ

Author - स्वयंवर हाङ | Posted on Apr 16 2009 Thursday | Views : 9372
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५


थप साहित्यहरू / Other Literature


  • जीवन सपना र मृत्यु
  • म हङकङ भइसकेछु
  • आजको शिक्षा पद्घति
  • बेरोजगारीको पिडा
  • निर्दोष जल

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९

    Un Photo Gallery

    KMTC General Assembly

    Poem Competition 2065