स्वयम्वर हाङ
एउटा अधुरो कथा जस्तो
एउटा निर्दयी पल जस्तो
खै कस्तो कस्तो
तिमीले पुछ्न नसाको आँसु जस्तो
मेरो बस्तिमा म एउटा अधुरो मान्छे
टाउकै टाउकोहरुको कोलाहालमा
कतै हराएको जस्तो
मृत्यु र जीवनको दोसाँधमा
दिन र रातको मध्य रेखामा
एउटा फिनिक्सको कथा जस्तो
ईन्द्रेणीको सप्तरंगी छाँयामा हराएका जस्तो
उनिदैछन जीवनका यात्राहरु
एकक्षण, क्षणभरको आशा माँझमा
फेरी हराउँछन् सपनाहरु
यस्तै त साछी
दिनभरी रुपियाँले टोक्छ
रात भरी उपियाँले टोक्छ
मानव भएर मानव बस्तीमा
म मानव भन्नु बेकार छ ।।