मञ्जु खड्का
विद्यालय र विश्वविद्यालय
दक्ष घोषित ती तमाम युवायुवतीहरू
जो फाइलभरि कागजी हलियाको प्रमाण पत्र बोकेर
मनवीय जीवनलाई अत्यहीन संर्घषतिर धकेलिन्छन्
मनोकांक्षाहरूलाई कुल्चिँदै भौतिकतातिर धकेलिन्छन्
भौतिक इन्जिन र इन्धनको महत्व पढेर
कार्यालय र बैठक संचालनका विधि विधान पढेर
आफै मानवीय तृष्णा बनेर निस्किन्छन्
जीवन पद्घति र शिक्षा पद्घतिलाई धिक्कार्दै ।
निरस कुराहरू घोकाएर अस्वस्थ शिक्षा पद्घतिले
धेरैलाई कालान्तर युद्घ जस्तै देखिने
बुद्घु बनाउन सक्छ
त्यस्ता कुराहरू रोपिन्छन्
जसका जराहरूले अन्तर्मन कुन्ठित बनाउँछ
आत्माबाट पलाएका टुसाहरूलाई निमोठीन्छ
फुल्न लागेका फूलहरू निसासीएर फुल्न पाउँदैनन्
अन्तर्द्वन्द पैदा भई
जीवनको अन्तिम ढुकढुकीहरू
बाझिरहन्छन् र जुधिरहन्छन् ।
अन्तर्मनले देखेको पाठ्यपुस्तकले देख्दैन
पाठ्यपुस्तकले त इन्जिन र इन्धन झैं
हुन आह्वान गरेको हुन्छ
अनि कठिन मेहनत र परिश्रम गरेर
वारेन्टीको प्रमाण पत्र हात पार्न सिकाउँछ
र टिकाउ मेसिन झैं बन्न सिकाएको हुन्छ
तर
युवा चाहन्छन् यस्तो होस् शिक्षा पद्घति
जसले असल मूर्तिकार झैं
सीप, कला र भावना भरोस्
ढुङ्गारुपी विद्यार्थीमा बुद्घलाई देखोस्
अनि बुद्घको जस्तो चहकिलो रुवरुप उतारोस् ।
विद्याश्रमले मान्छेको मस्तिष्क खन्न छाड्दैन
सुवासयुक्त पालुवालाई पलाउन दिँदैन
अनगिन्ती चाहनालाई आर्थिक भारले किच्न छाड्दैन
अन्तर आागनमा नाँच्न सिकाउँदैन र दिंदैन
मान्छे मान्छेको सम्बन्ध स्थापित गर्न सिकाउदैन
तबसम्म
शिक्षा बाढी हो
जहाँ शरीर पौडेर पनि मन किनारमै बस्छ
जहाँ शरीर पढ्छ मन बरालिरहन्छ
आफ्नै मन आफैसँग युद्घ गरिरहन्छ ।
विद्यालय र विश्वविद्यालयहरू
चिकित्सकविहीन अस्पताल जस्तै छन्
जहाँ शिथिल मनहरू छटपटाइरहन्छन्
कुभावना, रिस र छलकपट भरिरहन्छन्
सायद मानवीय सद्गुणहरू पठ्यपुस्तकसँग साटी
दरिद्रताको प्रमाण पत्र लिएर हिँडिरहेका छन्
तबसम्म चलिरहन्छ
जबसम्म यी पाठ्यपुस्तकले
चित्तलाई शुद्घीकृत पार्दैनन्
संयमित र धैर्यवान बनाँउदैनन्
शिक्षा पद्घति जीवन्त बन्दैन
अशुद्घ शिक्षापान गरिरहन्छौं
अदुरदर्शी शिक्षाका जराहरू उखेलिदैनन्
त्यो तबसम्म चलिरहन्छ
असल मनोचिकित्सकले अध्यापन गराउँदैनन् ।
सुन्दर बगैंचामा निरर्थक र निकम्मा बनी
ओइलिएर र कुहिएर झर्नेछैनन्
बरु बरालिने छन् जीवनभर
जलाउनेछन् पत्लाहरू, बाल्नेछन् टाएर
बन्द गर्नेछन्, सडक र देशै पनि
ती बन्दकर्ता युवालाई बन्द गर्ने शिक्षा
विद्यालयले सिकाएन र सिकाउँदैन पनि
जसको प्रतिफल वैंश स्वरुप निस्किएको छ
यो प्रक्रिया चलिरहन्छ
जबसम्म अस्वस्थ्य शिक्षा पद्घतिले
युवाको भविष्यको बारेमा सोँच्ने छैन
सोँच्ने र हेर्ने मास्तिष्कका झ्याल र ढोकाहरू
खुल्ला राख्ने छैन
तबसम्म चलिरहन्छ यो प्रक्रिया
चलिरहन्छ...........
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ मा प्रतियोगी कविता)