घाइते इतिहास


          तेजनाथ दंगाल

हर दिन इतिहास रुन्छ
आँसुले वेदनामा धुन्छ
भेद्म किल्लाको टापुमा बसेर
आकांशको शिकार हुँदै
स्वार्थको बिगुल बज्दछ
द्वन्द्वका वेद घोकेका पण्डितहरु
स्वार्थका वाण हान्छन्
केवल इतिहास घाइते हुन्छ
तसर्थ,
हर दिन इतिहास रुन्छ
आँसुले वेदनामा धुन्छ ।
इतिहासका पानामा अक्षर रुन्छन्
कयौं सिर्जनशील अनुहारहरु
इतिहासका पानामा सीमित हुन्छन्
पात्रह्ररु द्वन्द्वको तानावाना बुन्छन्
विजय को हुने हो ?

एउटाको पराजय निश्चित छ
विजय र पराजय बिच
इतिहास घाइते भइरहेछ
स्वार्थका चोट
आकांक्षाका घाउहरु
क्यान्सर भएर दु्ख्छ
हर दिन इतिहास रुन्छ
आँसुले वेदना धुम्छ ।
कयौं स्वार्थहरु विष्फोट भए
यहाँका चौतारीहरु मौन भए
यहाँका कथा व्यथाहरु
टुलुटुलु हेर्न विवश भए
यहाँका पिरतीका भाकाहरु
गलामा नै ओइलिइ मरे
भीमसेन १ सेरियो
जंगे २ तरवारले रक्त स्नान गर्यो

केवल इतिहास घाइते भयो
नेपोलियन ३ को होस हरायो
हिटलर ४ बौलायो
नवसिर्जनाका पालुवाहरु निमोढिए
यहाँ,
हर दिन दुर्वोधीका आकांक्षा
शढका मूर्खता
दम्मरुपी स्वरमा गुञ्जन्छन्
त्यसैले,
हर दिन इतिहास रुन्छ
आँसुले वेदनामा धुन्छ ।

१. भीमसेन - भीमसेन थापा
२. जंगे - जंग बहादुर राणा
३. नेपोलियन - फ्रान्सका सम्राट
४. हिटलर - जर्मन तानाशाह ।

 

 


Author - तेजनाथ दंगाल | Posted on Apr 16 2009 Thursday | Views : 9656
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५


थप साहित्यहरू / Other Literature


  • जीवन सपना र मृत्यु
  • म हङकङ भइसकेछु
  • आजको शिक्षा पद्घति
  • बेरोजगारीको पिडा
  • जिन्दगी

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Poem Competition 2066

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Flowers

    Poem Competition 2065