समोल गरुङ्ग
नेपाली राम्रो दाजु र भाई दउरा र सुरुवालले
चिटिक्क पर्छन् नेपाली दाईभाई ढाका टोपीले
कानमा डाली फूलका थुङ्गा हातमा खु्कुरी
त्यै खुकुरी हाल्न कम्मरमा छ पटुका बाँ
चैत र वैशाख महिनामा फुल्ने त्यो लालीगुराँस
भेगमा पाइन्छ टिप्न त्यो सिन्दुरे गुराँस
छ यसमा आˆनोपन विश्वमा नेपाली चिनाउने
त्यै गुराँस टिपी नेपाली दाजु ओखती बनाउने
छ यहाँ संस्कार लक्ष्मी मानी गाईलाई पुज्ने
त्यै गाईको मल बारीमा हाली बाली है सप्रने
दिने नै गर्छ यसले दूध बन्छ है घिऊ, दहि-महि
यहि दूध खाए अवस्था हाम्रो हुनेछ स्वस्थ्य सहि
हिमालमा बस्छ त्यै राम्रो चरा चिनिन्छ डाँफेले
त्यो राष्टी्रय चरा विछट्टै राम्रो नौरङ्गी प्वाँखले
त्यो नौरङ्गी डाँफे मयुर झैं बन्दैन घमणडी
त्यसैले त यो राम्रो डाँफे भाको छ नेपाली
तीनकुने झण्डा नेपाली भाग्य रहेछ संसारमा
विश्वमा फरक राष्ट्रीय झण्डा रहेछ नेपालमा
तीनकुने आकार तीनवटा रङ्ग छ यस झण्डामा
विश्वमा कहिल्यै नझुक्ने शक्ति छ यो देश नेपालमा
चिनिन्छौं हामी गोर्खाली भनी संसार-विश्वमा
महान् काम गरेर आज नाम राख्नु छ संसारमा
राष्ट्रलाई उच्च बनाँउनुछ हामी गोर्खाली मिलेर
चाहे त्यो किन नहोस बगाएर रगत गोर्खाली भएर ।