वर्तमान नेपाल र भाषिक अवस्था


सानीका उप्रेती

गोरक्ष निखिल ज्योति दिव्य विद्याश्रम

बसुन्धरा, काठमाडौं ।

 

जन्म लिएको छु यस नेपालमा

देशको हाल बुझेर सम्झिन्छु एकएक गाँसमा ।

शान्तिको अगाडि \'\' थपिएर अशान्ति भएछ ।।

 

शान्तिको प्रतिक यो नेपालमा कसको नजर पर्यो आज

जुन नजरको परिमाण फैलिएको छ सबैको माझ ।

विगतमा स्वच्छ, शान्ति र सुन्दरताले भरिपूर्ण नेपाल

वर्तमानमा द्वन्द, आन्दोलन र  दुर्गन्द छाएको नेपाल ।।

 

नेपाली जहिले पनि आफ्नो भुँडी भर्छन्

विकासको काम गर्नुपर्दा पछि पर्छन् ।

अहिले चाहिएको छ देशलाई  बुद्घका उपदेशहरू

अहिले चाहिएको छ देशलाई दुरदर्शी नेताहरू ।।

 

नेपालमा नै रहेको छ सर्वोच्च शिखर सरगरमाथा

नेपालमा नै कोरिएको विरताको गाथा ।

हामी नेपाली नेपालको कर्णधार

हामी नै उठाउँनुपर्छ विकासको भार ।।


Author - सानीका उप्रेती | Posted on Jul 26 2010 Monday | Views : 5166
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Scholarship Program 2068

    Poem Competition 2067

    5th Punyatithi

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९