याम वहादुर सुनुवार \"ल्याँग्यू\"
छहरा पहरा कन्दराको पानी खाइ हुर्केको
एक दुइ अक्षर के जाने चटक्क गाँउ छोडी शहर पसेको
घरै घरको महासागरमा डुबुल्की मार्दै शहरीय जीन्दगी बदलेको
कोदोको रोटी टिम्बुरको अचार खाने, नास्ता जाम र पाउरोटी चपाको
गाँउ घरमा दरखाली ठूले यहाँ त, पंखु दादा नाम न्वारन गरेको
आँखामा कालो रेवन चस्मा चौबाटोमा बसी केटी जिस्काएको -१
क्याम्पस होइन ट्यामपास गर्ने कापी एउटा बोकी हिँडेको
बाटैमा गजडी ग्याङ भेटेपछि दिन दहाडै सिक्री लुट्दै हिँडेको
आँखा तर्केर हेर्नेलाइ शब्दै नओकली भक्काभक् भकुरेको
शिक्षा हासिल गरि ज्ञान प्राप्त गर्ने बेला तरवार खुडा भिरेको
क्याम्पसमा राम्री केटी जिस्काउन नपाए प्रमुखको अनुहार मोसो पोतेको
आँखामा लगाउँने रेवन चस्मा पछाडि लगाउँदै तरुनीको गाला चिमोटेको -२
छोरो धेरै पढी राम्रो मान्छे अनि ठूलो नाम कमाउला भनि
दुःख ज्यालो गरि शहर पठाउनु आँशु तल्पलाउँदै पठाएको
नेता गिरी गरि सडकमा टायर बाल्दै भौतिक संरचना भत्काउँदै
देश प्रजाको हेक्कै नराखी मातृआमालाई रुवाएको
उज्यालो भविष्यलाई अँध्यारो कोठामा भोटे ताल्चा लगाउँदै
खल्तीमा कौडी छैन रेवन चस्मा टाउको टल्काउँदै हिँडेको हिँडेको -३