गणेश प्रसाद दंगाल
आज बल्ल
शताब्दीयौं पश्चात
नेपाली नित्सेहरूले
जब, निरङकुश ईश्वरलाई
मृत घोषणा गरे
र मन्दिरबाट उक्काएर
फालिदिए कतै जंगलतिर
त्यतिनै बेला
म उत्साहको उत्सव मनाईरहेको थिए
सोचे
कथित ईश्वरलाई
भोका, नाङ्गा र अन्धकार बस्तीहरूको
स्राप लाग्यो सोचे
त्यसलाई विधरवा र टुहुराको
पाप लाग्यो,
तरवारले कुँदिएका
जिर्ण अभिलेखहरू - ईश्वरको पैतालाका
हिटलरको ग्यास च्याम्बरलाई
बैद्यता दिने शिलालेखहरू
स्वभिमानी सुकरातहरूलाई
फाँसी दिने शिलालेखहरू-मुर्दावाद !
हामी आफ्नै पसिनाले
स्वर्णअक्षरहरू कुँदन चाहन्छौं-आफ्नै छातीमा
सवर्गले हेरेर आफ्नो प्रतिविम्व
आफ्नै पसिनाको ऐनामा
गरिबका आँखाहरू हाँस्न चाहन्छन्,
सम्भावनाको स्वर्णिम हो यो
यो महत्वपूर्ण कालखण्डमा
गान्धि र ग्वेभारालाई
हात समातेर गन्तव्यमा पुग्नु छ
मलाई थाहा छ
ती दुई ध्रुवको
मिलनको सामर्थ्यबाट मात्रै
मरुभूमि हराभारा हुन सक्छ
अन्धकार गुफा उज्जालो बन्न सक्छ
त्यसैले, ए ! गान्धिहरू हो,
तिमीहरू मिलेर
मुस्कुराएको इतिहासको ओंठमा
लाली दल्नु पर्छ ।
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ मा प्रतियोगी कविता)