राजेन्द्रप्रसाद पन्त \'तारकिणी\'
न्वादउ - ६ , बैतडी
मुसाहरू चिँ-चिँ गर्छन्
भ्यागुताहरू ट्यार-ट्यार गर्छन्
अज्ञात क्षणमै सिंहको आहारा बन्छन् ।
बाख्राको जमातले सिंह धपाउँछ
साँढे र गोरुले हात्ती लडाउँछ
तैपनि समता फुल्दैन किन हो !
नाँचेको मयूर अनायास रुन्छ
फुलेको कमल हिलोमा हुन्छ
हिउँचुली हेर कदापी ढल्दैन ।
हातमा ताली र मुखमा गाली
गल्लीका-गल्ली चिराँक बाली
सानो लौरीले भालु तर्सन्छ !
ढाडेको पञ्जाले चल्ला खेलाउँछ
तोपको लप्काले छाती सेलाउँछ
सत्यका पुत्रहरू ब्यु्ति नै रहन्छन् ।
एटमले ब्रहमाण्ड निलोस पनि
बैछ्यूँ गोलाले विश्व चिलोस पनि
समुद्रले आगो ओकेली रहेछ !
हलाहलका मूल फुटालीरहेछ
अझ कल्पवृक्ष र अमृतधडा
कामधेनुहरू पनि मैले देखिरहेछु ।।