दिनेश कोइराला
एउटा बगैंचा न हो हाम्रो देश
हिजोका झारहरूका चपरि पल्टि सकेको
बोक्सीकाँडा मात्र एकछत्र मुस्कुराँउने दिनहरू
उल्टी सकेको
अब त यहाँ सयपत्रीको उमङ्ग
मखमलिको सुस्केरा बन्दैन
भूईचम्पाको उदयले असारेलाई अप्ठेरो पर्दैन
पर्दै पर्दैन किनकी...
पर्नै हुन्न ।
फुल्न चाँहि भुल्न भएन
जुन कुनामा फुलेर पनि सुगन्ध दिए त भै गो
जुन बान्किमा खुलेर पनि सुन्दरता दिए त भै गो
त्यसैले म भन्छु
भाषा जुनै बोले पनि
छाती भरि राष्ट्रीयता भए त भै गो,
चाहे त्यहाँ नमस्कारको लेघ्रो नहोस्
तर एकले अर्कालाई भेट्दा अभिवादन होस्
आलु, पिडालु, सिमि, बोडी
अखिर तरकारी त तरकारी
तारेमाम, ˆयाफुल्ला, तासिदले सेवारु,
प्रणाम, नमस्कार, हेलो, बोझु,
निहाउ, ओए गोजुमस
बस ! जो देशको माया गर्छ
नेपाली त नेपाली
हामी नेपाली, हामी नेपाली ।