वर्तमान नेपाल र भाषिक अवस्था


भुवनराज पाण्डेय

 

शान्त सुन्दर देश गरिमा फैलिरहेको सदा

उच्च स्वच्छ सगर हिमाल शिरको ताँज बनेको छाना

आयो आस विकासको तब, जल, धर्ती नेपाल नयाँ

हत्या, हिंसा र बन्द जुलुसका नारा बनेका नयाँ

 

तिम्रा फरिया र चौवन्दी चोली पनि सबै यहाँ फाटिए

दौरा, सुरुवाल, भोटो, टोपी कपडा खै कसरी मैलिए

क्रान्ति भ्रान्तिको पश्चिमा भेष भुषा तिमीलाई पहिर्याए

तिम्रो इज्जत सान मान महिमा न बचेरै नङग्याए

 

आफ्नै सन्ततिको बली गरी गरी देशलाई अघि बढायौ

प्रजातन्त्र, स्वतन्त्र तन्त्रहरूको साँचो पनि बुझायौ

अहिले दंग, उमंगको बीच यहाँ सपना बुनेका नयाँ

त्यही आश निरासको भुमरीमा पर्दै गएका यहाँ

 

तिम्रो ठाडो शिर हिमाल गाथ चुचुरा टेकेको पाउ तराई

तेरो मेरो भनी त्यही एक जननी काख् छुट्याउँदैछन् भाग गराई

भाषा, क्षेत्र र जाति पार्टीहरू सब शत्रु बने दाजुभाइ

जोड र भागको हिसाब नमिली मिली गर्दैछन् आफै लडाई

 

तिम्रै काखमा हुर्की खेली बढेका क्षेत्री, बाहुन, लिम्बु, राई

गुरुङ, नेवार, थारु, अरु जाति सवै बन्दै गएका पराई

भाषा, संस्कृति, भेष गहना चोरी हुँदैछन् यहाँ

आफ्नो स्वार्थ पूरा गरी संरक्षण गर्दैछन् केही नयाँ ।।


Author - भुवनराज पाण्डेय | Posted on Aug 5 2010 Thursday | Views : 5226
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९

    KMTC General Assembly

    Un Photo Gallery

    Scholarship Program 2068