धन बहादुर बोहोरा
देहिमण्डौ-२, बैतडी
एका विहानै
कर्फ्यू नछाड्दै जनताका बुलन्द आवाजहरू
घन्किएर सडक सडकमा
गणतन्त्र - जिन्दाबाद !
लोकतन्त्र - जिन्दाबाद !
नयाँ नेपाल - जिन्दबाद !
नयाँ नेपालका सपनाहरू
मनभरि संगाल्दै
आफ्नो अधिकारका निम्ति
सगुन ताम्राकारहरू
सेतु विकहरू
सहिद बने ।
हो, कुनै भाषा भनिएन
कुनै जाति भनिएन
पुछिएका सुउँदोहरू
निर्धा मनुष्यका आत्माहरू
पटपटी फुटेका कुरकुच्चाहरू
ओर्लिएर सडकपेटी
अनि गल्लीहरूमा
पूर्व मेचीदेखि
पश्चिम महाकालीसम्म ।
लाग्दैनथ्यो यो देश
कुनै भाषामा अल्झिनेछ
कुनै जातिमा अल्झिनेछ
न त एउटा उदासी मन
त्यो नेपाली मन बन्नेछ
एउटा अस्तवेस्त नेपाल
त्यो नयाँ नेपाल बन्नेछ
तर अबसोच,
नयाँ नेपालका
पुराना अनुहारहरू
आज किन अल्झिरहेछन् ?
शब्द शब्दमा
आफ्नै गतिमा,
अध्याँरो रात
अनि चकमन्न दिनहरूसँगै
समय घर्किरहेछ
छुट्टै अस्तित्व पाउँन
त्यो हुम्ला
त्यो कर्णली पर्खिरहेछ
तर,
कालो बादल भित्र
हराएकोछ देश
कता कता
किन अनविज्ञ छन् मान्छेहरू
सारा नेपालीको
अनेक भाषा
तर एउटै नेपालीपन ।
आज देश,
एउटा बिहानी पर्खिदैछ
त्यो बिहानीसँगै
एउटा गरिब
कुनै सामन्तको दास बन्न नपरोस्
एउटा निर्दोष
लास बन्न नपरोस्
जहाँ,
देशले नयाँ संविधान पाएको होस्
र
एउटा परिचय होस्
केवल नेपालीको ।
केवल नेपालीको ।।