वर्तमान नेपाल र भाषिक अवस्था


निखिल ढकाल

गोरक्ष निखिल ज्योति दिव्य विद्याश्रम

बसुन्धरा, काठमाडौं ।

 

भाषा इतिहास हो वर्तमान भविष्य हो

समाजको प्रतिविम्ब जन-जनको आवाज हो ।

भाषा साहित्य हो कला हो जीवनशैली हो

समग्रमा भाषा आफै समाजको आवाज हो ।।१।।

 

भाषामा बोल्दछ वर्ग जाति धर्म बोल्दछ

पहाड, हिमाल, तराई नेपाल आफै बोल्दछ ।

सन्तान थरी थरीका आवाज थरी थरी

विविधतामा एकताको सूत्र भाषा बोल्दछ ।।२।।

 

भाषा प्यारो छ सबैलाई भावनाहरू छर्नुछ

माटो प्यारो छ सबैलाई माटो माथि बाँच्नुछ ।

भाषाका बगैंचामा भावनाका सुन्दर फूलहरू

माटोमा सिर्जनाका सुन्दर विकासका मूलहरू ।।३।।

 

हाँसी खुसी बाँच्नु छ भावनालाई सागालेर

हिमाल सरी अडिदिनु छ राष्ट्रियता अंगालेर ।

तिम्रो हाम्रो सबको बोली भाषा भन्नु यही हो

भावनाका सिर्जनामा मन रमाउने कला यो ।।४।।


Author - निखिल ढकाल | Posted on Jul 26 2010 Monday | Views : 4731
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Flowers

    Kul-dresess and others

    Poem Competition 2066