वर्तमान नेपाल र भाषिक अवस्था


सुनिल थापा

गोरक्ष निखिल ज्योति दिव्य विद्याश्रम

बसुन्धरा, काठमाडौं ।

 

नयाँ नेपाल बनाउँछु भन्दा समय बितिसक्यो

घुस खानबाट फुर्सद भए हुन्थ्यो ।

नयाँ नेपाल बनाउँने सपना टुट्यो

हरियाली यो देशको हराउँदै गयो ।।

 

पारिन्छ देश जब टुक्राटुक्रा 

रहन्छ के राष्ट्र त्यहाँ ।

बनाउँछन् पूर्खाले पिएर आफ्नो ज्यान

तर नेताले फुटाइदिन्छ त्यो ज्ञान ।।

 

भष्ट्रचारी नेताहरूले विचित्र खेल खेलि रहन्छन्

तब देशको मान्छे भिकारी बन्नेछन् ।

यी नेता रहन्छन् कुर्सिको खेलमा

हामी साना साना बालबालिकाको रगतको भेलमा  ।।

 

कहिले थाक्दैन यी नेता विदेश घुम्दा

ˆनो देशको कुनै छैन चिन्ता ।

बस्छन् नेता महल रोजेर

मोटाउछन् गरिब जनताको रगत चुसेर ।।


Author - सुनिल थापा | Posted on Jul 26 2010 Monday | Views : 4609
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Village Photos

    Kuldeeps books & pen

    Poem Competition 2067

    KMTC General Assembly