वर्ग


          पार्थ गुरागाञी

हरि र सागर सानामा
सँधै सँगै हुन्थे
हरि फोहोरी र फाटेका लुगामा,
सागर सफा र राम्रा लुगामा ।
तर यसले उनीहरुको मित्रतामा
केहि असर गरेको थिएन ।

समाजले तल्लो भनेको जात
हरिलाई भनेपनि सागरलाई यसले
केहि फरक पार्दैन्थ्यो ।
अरुहरुका लागि पनि
उनीहरुको मित्रता उदाहरण थियो ।

तर समय निकै बलवान
हुँदो रहेछ ।
सागर राम्रो स्कुलमा पढ्न थाल्यो
हरिको घरमा पढ्ने वातावरण थिएन ।
विस्तारै सागर र हरिको दुरि
बढ्न थाल्यो ।

सागर हरिलाई देख्दा बोल्न पनि छाड्यो ।
आजकल हरि सोच्न थालेको छ ।
समाजमा जात-पातको विभेद विस्तारै
हट्न थालेको छ ।

तल्लो जातको भएपनि धनि छ भने,
उसको भिन्नै मान हुन्छ ।
अन उसले सोच्न थालेको छ,
हामी समाजमा दुई वटा
वर्ग बनाउँदै छौं ।
एउटा धनी वर्ग र
अर्का गरिब वर्ग ।
समाज अहिले पैसाको आधारमा
मार्त्रै पैसाको ।

विवरण -

- यस कवितामा मैले समाज अहिले अरु सबै विभेदलाई छाडि पैसाको आधारमा बन्दैछ भने कुरा प्रस्टयाउन खोजेको छु । यस कुरालाई हरि गरिब चरित्र र सागर धनी चरित्रको आधारमा व्याख्या गर्न खोजिएको छ ।०

 


Author - पार्थ गुरागाञी | Posted on Apr 15 2009 Wednesday | Views : 5098
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Family Photos

    Poem Competition 2067

    Poem Competition 2066

    Kul-dresess and others