युगीनमोड


          दीपेन्द्र अधिकारी

युगीन मोड यो नयाँ
नविन मोड हो नयाँ
नछोड शक्ति क्रान्तिको
नतोड शर्त शान्तिको ।।१।।
 
अतित बग्न सक्छ है

भविष्य खस्न सक्छ है ।
अगाडि बढ्नु पर्छ है
पछाडि पढ्नु पर्छ है ।।२।।
 
पहाड फुट्नु पर्छ है

जाघार तर्नु पर्छ है
प्रशस्त रोक टोक छ
सशस्त भोक शोक छ ।।३।।
 
अभाव भाव बल्दछ

प्रभाव एक पर्दछ ।
अगाडि घुम्छ बादल
पछाडि बज्छ मादल ।।४।।
 
विषालु नागका फणा

अझै अनेक छन् कडा
उठेर डस्न आज ती ।।५।।
 
उठेर जाल बुन्नमा

सँधै छ व्यस्तता त्यता

उहि विचेष्ट छन् यता
छ भोग पाप धूर्तता ।।६।।
 
छ व्याप्त स्वार्थ मूर्खता

छ जालझेल एकता ।

कठोर शक्ति क्रूरता
धकेल्न क्रान्ति भेल ता ।।७।।

 
अवश्य आज कष्ट छ

तथापि मार्ग प्रष्टै छ ।
छ देश यो मृणालझैं
छ शत्रु त्यो बिडालझैं ।।८।।
 
प्रशान्त सिन्धुझैं बनी

विचार बिन्दु झैं बनी 

जुटेर उठ्नु पर्छ रे
मिलेर अड्नु पर्छ रे ।।९।।
 
यहाँ त बाघ पस्तछ

र गाइ मर्न सक्तछ ।
यहाँ त साँप पस्तछ
र गोरु डस्न सक्तछ ।।१०।।
 
अशक्तता अशक्तता

सशक्तता अशक्तता ।
युगीनता नवीनता
नवीनता युगीनता ।।११।।

 
युगान्त मोडमा सधैं

दुखान्त हुन्छ है अझै

सचेत त्यो हिमाल झैं
अचेत त्यो पहाड झै ।।१२।।
 
विदेश शक्ति चल्मल

छ देश आज अल्मल

छ फूट बन्धुबान्धब
र गर्छ नृत्य ताण्डव ।।१३।।
 
बढाउ लोकतन्त्र यो

हटाउ चोरतन्त्र त्यो

बनाउ राष्टमन्त्र यो
जुटाउ राष्ट्रस्रोत यो ।।१४।।
 
हटाउ शस्त्रअस्त्र ती

जुटाउ राष्ट्रस्रोत यो ।
न झुक्छ क्रान्ति राग यो
न सुक्छ क्रान्ति स्रोत त्यो ।।१५।।

 
नखोज थुक्न आज यो

नछोड क्रान्ति तेज त्यो
उठेर जुट्छ भोलि नै
मिलेर देश एक झै ।।१६।।

 
अन्नत क्रान्ति स्रोत मै

प्रशान्त विन्दु एक भै
बनोस प्रगल्भ सोचको
सदा स्वतन्त्र देश यो ।।१७।।
 
बनोस् सशक्त देश यो

महास्वतन्त्र विश्वको
बगोस छटा सप्रेमको
फुलोस् कला हरेकको ।।१८।।


(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ मा प्रतियोगी कविता)

 


Author - दीपेन्द्र अधिकारी | Posted on Apr 3 2009 Friday | Views : 5778
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Poem Competition 2067

    Kul-dresess and others

    Un Photo Gallery

    KMTC General Assembly