डट... डट...डट..


          अशेष मिलन

ऊ आकाशलाई आकाश भन्छ
म मान्छु यी सब
उसको सुर्जे त्यही उदाँउछ
र थोरै न्यानो दिएर जान्छ,

म पाताललाई आकाश भन्छु
मेरो सुर्जे
सधै त्यही उदाउँछ
र थोरै न्यानो मबाट मागेर जान्छ
ऊ मान्दैन यी सब

ऊ देख्छ सँधै

सुर्जे आकाशमै हुन्छ,

उ आँखालाई सत्य मान्छ
म अन्धालाई सत्य भन्छु
साँच्चै आँखाले देख्छ
अन्धाले भोग्छ
त्यसैले भ्रम खादैन अन्धाले
आँखाले जस्तो ।

(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ को प्रतियोगी कविता)


Author - अशेष मिलन | Posted on Apr 2 2009 Thursday | Views : 5597
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Family Photos

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९

    Un Photo Gallery

    Poem Competition 2066