मनिषा हाडा
बसुन्धारा, काठमाडौं
सुख र शान्तिको हाम्रो यो मुलुक
द्वन्द्व र शङ्काले उठायो जुलुस ।
चार जात छत्तिस वर्णको मुलुक भनिन्थ्यो नेपाल
सगरमाथा हिमाल भएको ठाँउ भनेर चिनन्थ्यो नेपाल ।
सत्ता परिवर्तन भयो देशमा न्याय र सुख ल्याउनलाई
गरिब र असहायलाई दिएको घाउ बल्जाउनलाई
अधिकार र दायित्वको दिएर भाषण
पार्न थाल्यो हामी माथि शासन
प्रजातन्त्र र लोकतन्त्र ल्याउने बहानामा
पानी सुक्दै गयो आफ्नै मुहानमा
बालअधिकार दिलाउँछु भन्ने आँटमा
ख्याती जस्तो विद्यार्थी मर्यो यही माटोमा
मन्दिरहरूको ठाँउ भनेर चिनिने नेपालमा
फोहोरले बसायो घर चुचुरो हिमालमा
जात र धर्मको झगडाले जलायो मानवलाई
बिगार्यो मानिस मानिस बीचको समानतालाई ।।
निर्माण गर्ने हात बाँधियो डोको र नाम्लोले
मै खाँउ मै लाँउ भन्ने भयो नेपालीले
नेपाल आमाको लागि भए वीरहरू शहिद
देश भएता पनि मानिसहरू भए घर रहित ।।
युग परिर्वतन गर्ने भयो मात्र एक सपना
वर्तमान नेपाल राम्रो बनाउने मात्र भयो बहाना
समयले चेतावनी दिएर हामी माझ हरायो
सेवा नै धर्म हो भनेर हिड्ने नेताहरू आफ्नो सुखमा नै रमायो ।।