यसपालीको तिहारमा
याब्रेलाई साक्षी राखी
सयपत्री फूलले पुज्न पाएको भए
मखमली फूलको माला पहिर्याउन पाएको भए
तेलको धाराले घेरा हाली छेक्न पाएको भए
मूलढोकाको दायाँ वायाँ दुवैतर्फ ओखर फुटाएर
यमराजको आँखा फोर्न पाएको भए
अवश्य पनि हाम्रो सक्षम माइती
हामीले गुमाउनु पर्ने थिएन,
मानिसहरु भन्छन्
एक्काईसौ शताब्दिमा
पुर्खाको किम्वदन्ति मान्नु हुँदैन
तर मलाई लाग्छ
मान्नुपर्छ
हाम्रो पुर्खाले भन्थे
एउटा किम्वदन्ति
मखमली फूलको माला नओईलाउन्जेल
तेलको धाराले छेकेको सिमारेखा नसुकुन्जेल
प्रत्येक चेलीको माइतीलाई
यमराजले खोसेर लान पाउँनेछैन
साँच्चै यो किम्वदन्ति
आज सावित भएको छ,
जागिर भन्ने कुरा
जो गरेरै छाड्नुपर्ने
कर्तव्य भन्ने कुरा
जो पुरा गर्नैपर्ने
चाहेर पनि
यसपालीको तिहारमा
उनको निधारमा टीका लगाउन पाईएन
मखमली फूलको माला पहिराउन पाईएन
तेलको धाराले कालको सिमा छेक्न पाईएन
ओखर मन्साएर ग्रहदसा
मूलढोकाको दुवैतर्फ
यमराजको आँखाको जेम फोर्न पाईएन,
त्यसैले होला
यही मौका छोपेर
चेलीहरुको हातबाट
एउटा मखमली फूलको माला खोसिएको छ,
कुलदीप परिवार पुर्खा देखि चिनिए तापनि
अफ्नो समाजलाई उच्च नाममा चिनाउन खोज्ने
समाजलाई मात्र नभएर राष्ट्रलाई चिनाउन खोज्ने
राष्ट्रलाई मात्र नभएर संसारलाई चिनाउन खोज्ने
सदगुणले युक्त भएका
हाम्रा माइती कुलदीपलाई
यमराजले खोसेर सदाको लागि लगेको छ
चेलीहरुको गह छचल्किएर
आँसुको भेल बगेको छ,
यस्तै छ बिडम्बना
अब हाम्रो समाजले
यस्तो असल सहासि छोरा
जन्माएर
हुर्काएर
सिङ्गो समाज र संसारलाई चिनाउन
कति समय कुर्नु पर्ने हो ?
चेलीहरुले यस्तो माइती पाउन
कति समय पर्खनु पर्ने हो ?
पुर्खाहरुले भने जस्तै
स्वर्गमा पनि
असल मान्छे कै खाँचो हुन्छ होला
त्यसैले हाम्रो माइती कुलदीप
पृथ्वीमा जस्तै
कहिल्यै ननिभ्ने दीप भएर
बस्नु भएको छ भन्ने विश्वास छ
र, अन्तमा सुभचिन्तक र परिवारजनहरुले
उनको बाँकी अधुरा अपुरा सपना
साकार बनाउन सकौं
पुरा गर्न सकौं भन्दै
आत्मको चिर शान्तिको कामना गर्दछौं ।
मन्जु सुनुवार (मुलिच तमी)
खिजी चण्डेस्वरी ५ मसरु, ओखल्ढुङ्गा
हाल गुप्तेस्वर २, रामेछाप
स्व. कुलदीप सुनुवारको दुःखद निधन प्रति समर्पण कविता