नयाँ नेपाल


कौशिला सुनुवार

पि्रती, रामेछाप

 

अशान्तिको त्यो एक दशक पछि

आज शान्तिको मलिन धिपधिप दियो

जल्न सुरु गर्दैछ

भर्खर भर्खर परिसरका छविछाँयाहरू

देखा पर्न थालेकोछन्

नयाँ जोश र उमंगका साथ दियो जल्दैछ

हजारौंको रोदनमा करडौंको पुकारमा

आज बल्लतल्ल रगतको खोलामाथि

आँसुको दहमाथि एउटा दियो जलेको छ

अन्धकारमा रुमल्ली रहेको छ

र बाँकी रहेकाहरू कहाली रहेका थिए

तर अब,

शान्तिको मधुर रोशनीमा केही लामो सास फेर्दैछन्

तर अझै पनि,

कतैबाट हुरीबतास आई निभाउला की

भन्ने त्रास भने हटेको छैन ।

त्यसैले होसियार,

असत्य र अतिततिर हैन सत्य र भविष्यलाई पछ्याऊ

अब सबैले,

यहि मधुर र रोशनीमा विनासको नविन बीच छर्नुपर्छ

पुन शान्तिको देश भनि चिनाउनु पर्छ

एकतामा बाँधिएर नयाँ नेपाल निर्माण गर्नैपर्छ ।।


Author - कौशिला सुनुवार | Posted on Aug 5 2010 Thursday | Views : 4727
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Family Photos

    Greetings

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९

    Kul-dresess and others