अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०६९ सम्पन्न
Jan 28 2013 Monday श्री चण्डेश्वरी नि.मा.वि. कुँवु काँस्थली २ ले आयोजना गरेको कुलदीप सुनुवार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०६९ यहि माघ ८ गते सोमवारको दिन कुँबु काँस्थली वडा नं २ स्थित श्री चण्डेश्वरी नि.मा.वि.को प्राङगणमा सम्पन्न भएको छ । कुलदीप सुनुवार स्मृति कोष समितिको प्रायोजनमा भएको उक्त कार्यक्रममा जम्मा १५ वटा विद्यालयले भाग लिएका थिए । श्री चण्डेश्वरी नि.मा.वि.का व्यवस्थापन अध्यक्ष श्री हिक्मत सुनुवारको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा विषेश अतिथि सु. गणेश बहादुर सुनुवार र कुलदीप सुनुवार स्मृति कोष समितिको उपध्यक्ष राजकुमार सुनुवार प्रमुख अतिथि रहनु भएको थियो ।
आयोजक विद्यालयको प्र.अ. श्री इन्द्रकुमार थापाले स्वागत भाषण गर्नुभएको थियो । कुलदीप सुनुवार स्मृति कोष समितिको सचिव श्री नितेश सुनुवारले संस्थाको वारेमा प्रष्ट पार्नुभएको थियो भने शिक्षक अनिल थापाले कार्यक्रम सञ्चालण गर्नुभएको थियो ।
प्रत्येक विद्यालयवाट ३ जना विद्यार्थी प्रतियोगी र २ जना शिक्षक प्रतिनिधि उपस्थित हुनुभएको थियो ।
जसमा प्रथम श्री जनता मा. वि. कुँबु काँस्थली ७ रामेछाप, दोस्रो श्री सीद्देश्वर उ.मा.वि. वाम्ती भण्डार रामेछाप, तेस्रो भगवति नि.मा.वि. कुँबु काँस्थली १ रामेछाप र सान्तोना रन्जना देवी नि.मा.वि रावादोलु ओखलढुङ्गालाई क्रमस नगद रु.६०००।-, रु.४५००।-, रु.३०००।-, रु.१००० ।- पुरस्कार प्रदान गरिएको थियो ।साथै सम्पूर्ण सहभागी विद्यालयहरुलाई कदर पत्र प्रदान गरीएको थियो भने प्रतियोगितामा सहभागि सम्पूर्णलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा सहभागि विद्यालयहरु यसप्रकार छन्
१) श्री चण्डेश्वरी नि.मा.वि. कुँवु काँस्थली २, रामेछाप
२) श्री भगवति नि.मा.वि. कुँवु काँस्थली १, रामेछाप
३) श्री जनता मा.वि. कुँवु काँस्थली ७, रामेछाप
४) श्री जनचक्षु प्रा.वि. चारम कुँवु काँस्थली ३, रामेछाप
५) श्री सरस्वति प्रा.वि. पुना कुँवु काँस्थली ३, रामेछाप
६) श्री हिरगंगा प्रा.वि. नेका कुँवु काँस्थली ३, रामेछाप
७) श्री सिद्देश्वर उ.मा.वि. वाम्ती भण्डार, रामेछाप
८) श्री सरस्वति नि.मा.वि. प्रिती, रामेछाप
९) श्री लहरेमाने प्रा.वि. फातो प्रिती, रामेछाप
१०) श्री कालिका देवी नि.मा.वि., रामेछाप
११) श्री जडिवुटी नि.मा.वि. चरी गुम्देल, रामेछाप
१२) श्री जनजागृति प्रा.वि. प्रिती, रामेछाप
१३) श्री रन्जना देवी नि.मा.वि. रावादोलु, ओखलढुङ्गा
१४) श्री हिम गंगा मा.वि. रावादोलु, ओखलढुङ्गा
१५) श्री कुण्डली मा.वि. काती संजोर, ओखलढुङ्गा