कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८ को घोषणा


Dec 13 2011 Tuesday

नितेश सुनुवार

काठमाडौँ, मंसिर २६, कुलदीप सुनुवार स्मृति कोष समितिले कुलदीप सुनुवारको तेस्रो वार्षिक पून्यतिथिको अवसरमा एक कार्यक्रम आयोजना गरी कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८ को घोषणा गरेको छ । काठमाडौँको कोटेश्वर स्थित सुनुवार सेवा समाज केन्द्रिय कार्यलयको सभाहलमा अपरान्ह ३ बजे सुरु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष राजकुमार सुनुवार सभापति, साहित्यकार राजन मुकारुङ प्रमुख अतिथि, सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवार विशेष अतिथि, आजमुरा प्रतिष्ठानका अनुसन्धान अधिकृत डा. श्याँकारेलु रापचा र रंगवादीसाहित्यकार धर्मेन्द्र विक्रम नेम्वाङ अतिथि रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले स्व. कुलदीप सुनुवारको तस्बिरमा माल्यार्पण गर्नुका साथै दिप प्रज्वलन गरेपछि उपस्थित सम्पूर्णले १ मिनेट मौनधारण गरी स्व. कुलदीप सुनुवार प्रति श्रृद्धाञ्जली अर्पण गरेका थिए । स्वागत मन्तब्य दिदै संस्थाका सल्लाहाकार लोकप्रिय सुनुवारले कुलदीप तथा संस्थाको बारेमा बोल्नु भएको थियो ।कार्यक्रममा भानु सुनुवार, बाल मुकुन्द आचार्य, शंखु बुजिज, अतित मुखिया र श्याँकारेलु रापचा लगायतले सुनुवार तथा खस भाषामा गजल र कविता बाचन गर्नु भयो ।

कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८ बारे संस्थाका सचिव नितेश सुनुवारले जानकारी दिंदै कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८ स्व. कुलदीप सुनुवारले प्रारम्भिक शिक्षा सुरुवात गर्नु भएको बिद्यालय श्री कुण्डली मावि खिजिकाती, ओखलढुङ्गामा दिने घोषणा गर्नु भएको थियो । छात्रवृद्धि पाउनेमा कक्षा ६ मा अध्ययनरत मेलिना न्यौपाने, कक्षा ७ मा अध्ययनरत निशा सुनुवार, कक्षा ८ मा अध्ययनरत सबिना तामाङ तथा कक्षा ७ मा अध्ययनरत पुजन भुजेल रहेका छन् ।

मन्तब्य दिने क्रममा धर्मेन्द्र विक्रम नेम्वाङले कुलदीप सुनुवारसँग लामो मित्रता नभए पनि उहाँ बौद्धिक, सृजनात्मक ब्यतक्तित्व भएको बताउँदै जीवन जगतका बारे बोल्नु भएको थियो । साथै उहाँले भन्नु भयो \'मानिस सृजनात्मक नभए उ केवल पूर्व मानवको फोटोकपी मात्र हुन्छ त्यसैले सृजनात्मक कार्य गर्नु आवश्यक छ ।\' संस्थाले सृजनात्मक कार्यलाई प्रथामिकता दिदै आएको र भावि दिनमा पनि यस्तै कार्य गर्ने विश्वाश व्यक्त गर्नु भएको थियो । यस्तै गरी  डा. श्याँकारेलु रापचाले कुलदीप सुनुवारले अधुरो राख्नु भएको डिग्रीको शोधपत्रलाई संस्थाले पुरा गर्नु पर्ने बताउनु भयो । त्यस्तै सुसेस अध्यक्ष मनप्रसाद सुनुवारले कुलदीप सुनुवारको घटनाले आफु अत्यन्त दुखित भएको भन्दै तत्कालिन ललितपुर सुनुवार सेवा समाजको आफु अध्यक्ष र कुलदीप सचिव हुंदा गरेका सहकार्यको स्मरण गर्दै उहाँले सँगै सहकार्य गर्दा बनाएका योजनाहरुका वारे चर्चा गर्नु भएको थियो । यस्तै प्रमुख अतिथि राजन मुकारुङले कुलदीप सुनुवारको व्यक्तित्व र उहाँले गर्नु भएको कार्यको चर्चा गर्दै आज घोषणा गरीएको छात्रवृत्तिको स्वागत गर्दै यसको सफलताको सुभकामना ब्यक्त गर्नु भयो । साथै उहाँले नेपाली साहित्यको आन्दोलनको एक सदस्यको रुपमा स्व. कुलदीप पनि रहेको बताउनु भयो ।

अन्तमा सभापति राजकुमार सुनुवारले सबैलाई धन्यवाद दिदै सभा बिसर्जन गर्नु भएको थियो । कार्यक्रम उत्तम सुनुवारले सन्चालन गर्नु भएको थियो ।

 


ताजा खबरहरू / Recent Headlines


  • साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
  • साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
  • कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Scholarship Program 2068

    Un Photo Gallery

    Family Photos

    Kul-dresess and others