कुसुस्कोसले यसपटक छात्रवृति प्रदान गर्ने


Nov 20 2011 Sunday

नितेश सुनुवार

काठमाडौँ, मंसिर ३, कुलदीप सुनुवार स्मृति कोष समितिले यस वर्ष छात्रवृति प्रदान गर्ने भएको छ । शनिवार ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कुलदीप सुनुवार छात्रवृति निर्देशिका समेत पारित गरेको छ । कुलदीप सुनुवारको निधन पश्चात उहाँको नाममा पारिवार तथा शुभचिन्तकहरुको सहयोगमा रहेको संस्था कुलदीप सुनुवार स्मृति कोष समितिले प्रत्येक वर्ष बिबिध राष्ट्रिय कार्यक्रमहरु गर्दै आएको छ ।साहित्य र संगीतको क्षेत्रमा सहयोग गर्दै आएको यस संस्थाले यस वर्षदेखि भने ग्रामिण क्षेत्रको शिक्षालाई समेत सहयोग गर्ने कार्यलाई समेटेको छ । संस्थाका अध्यक्ष टीकाराम मुलिचाले भन्नु भयो \'कुलदीप एक बहुप्रतिभा हुनुको साथै एक उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थी समेत भएकाले संस्थाले बिबिध उद्देश्य राखेको छ । यसभन्दा अघिका वर्षहरुमा राष्ट्रिय स्तरका साहित्यक कार्यक्रम गरेको थियो । तर यस संस्थाले अर्को उद्देश्य अनुरूप छात्रवृति प्रदान गर्ने निर्णय गरेको छ ।\'२९ वर्षको युवा अवस्थामा मृत्यु भएका कुलदीप सुनुवार सुनुवार सेवा समाज ललितपुरमा सचिव, सृजनशील साहित्य पत्रिकाको अंग्रेजी सम्पादक, तथा अनमिन हतियार अनिगमनका अनुबादक समेत हुनु हुन्थ्यो साथै अंग्रेजी बिषयमा एमएको सोधपत्र (थेसिस) लेखन प्रक्रियामा रहेका विधार्थी हुन् । सांगीतिक क्षेत्रमा समेत उनको सानै देखि लगाव भएता पनि उनले २१ वर्ष देखि मात्र गायन सुरु गरेका थिए ।


ताजा खबरहरू / Recent Headlines


  • साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
  • साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
  • कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Miscellaneous

    Village Photos

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९