कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियागिता भव्यताकासाथ सम्पन्न


Dec 12 2010 Sunday

मङ्सिर २६ काठमाडौ,

कुलदीप सुनुवार स्मृति कोष समितिले आयोजना गरेको कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६७ भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा प्रदिप राजभण्डारीले उत्कृष्ठ स्थान हाँसिल गर्न सफल भएका थिए । संस्थाले स्व.कुलदीप सुनुवारको वाषिर्की पारेर प्रत्येक वर्ष साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

काठमाडौको कोटेश्वरमा अवस्थित सुनुवार सेवा समाजको सामाजिक भवनमा सञ्चालन गरिएको उक्त कार्यक्रममा देश विदेश गरि ५० भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा आएका रचनाहरुको मुल्याङ्कन गर्नको लागि डा. लक्ष्मण प्रसाद गौतमको संयोजकत्वमा कवि राजन मुकारूङ, कवयित्रि बिमला तुम्खेवा लगायतका ३ सदस्य मुल्याङ्कन समिति चयन गरिएको थियो । संस्थाका अध्यक्ष टीकाराम मुलिचाको सभापतित्व उक्त कार्यक्रममा प्रमुख अतिथि समालोचक डा.गोविन्दराज भट्टराई हुनुहुन्थ्यो भने अतिथिहरुमा टंकराम सुनुवार (अध्यक्ष सुसेस), साहित्यकार धमेन्द्र विक्रम नेम्वाङ, साहित्यकार अतित मुखिया तथा मुल्याङ्कन समितिका प्रतिनीधि सदस्य साहित्यकार राजन मुकारुङ हुनुहुन्थ्यो । साहित्यकार, साहित्य प्रेमी, समाजसेवी, विद्यार्थी तथा पत्रकारहरुको उपस्थिती रहको उक्त कार्यक्रम २ भागमा विभाजन गरेर सञ्चालन गरिएको थियो । अनौपचारिक कार्यक्रमको रुपमा सञ्चालन भएको वाचन कार्यक्रम विहानको ११ वजे देखि शुरु गरिएको थियो । वाचन कार्यक्रम पश्चात औपचारिक रुपमा वाषिर्की तथा पुरस्कार वितरण कार्यक्रम शुरुवात भएको थियो । औपचारिक कार्यक्रमलाई प्रमुख अतिथि डा. गोविन्दराज भट्टराई ज्यूद्वारा स्व. कुलदीप सुनुवारको तस्विरमा माल्र्यापण तथा दीप प्रज्वलन गरी शुरु गराइएको थियो । संस्थाका सचिव नितेश सुनुवारबाट स्वागत मन्तव्यका क्रममा स्व.कुलदीप सुनुवार तथा संस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । गत वर्ष स्व.कुलदीप सुनुवारको दोस्रो वाषिर्क पुण्यतिथीको अवसरमा आयोजना गरिएको राष्ट्रव्यापी कविता प्रतियोगितामा आएका सम्पूर्ण कविताहरुलाई कुशल संग्रहमा संग्रहित गरिएको कृतिलाई प्रमुख अतिथिबाट विमोचित गरिएको थियो ।

निर्णायक समितिका डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार राजन मुकारुङ तथा कवयत्रि विमला तुम्खेवाले यस प्रतियोगितामा सहभागी भएका रचनाहरुलाई कालपक्ष, सौन्दर्यपक्ष र चेतनापक्षका आधारमा मुल्याङ्कन गरि उत्कृट कविताहरुको चयन गरेका थिए । उक्त चयनलाई साहित्यकार राजन मुकारुङले घोषण गर्नुभएको थियो । प्रतियोगितामा प्रदीपराज भण्डारी (सडक), ताराप्रसाद गिरी (पागलहरु), राजेन्द्र प्रसाद पन्त (आगोको भोक) र श्यामकुमार भट्टराईले क्रमश प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान हाँसिल गरेका थिए । विजयी कविहरुले क्रमश रु. ५,०००/-, ,०००/-, ,०००/- र १,०००/- प्राप्त गरेका छन् । उक्त पुरस्कार प्रमुख अतिथिबाट प्रमाण पत्र सहित प्रदान गरिएको थियो । प्रमुख अतिथि डा.गोविन्दराज भट्टराईले कुसुस्कोसले नेपाली सहित्यको विकासमा एक सम्वाहकको भुमिका निर्वाह गर्नुका साथै ठूलो योगदान पुर्याएको र यसले गरेका कार्यहरु राज्यले गर्न नसकेको कुरा वताउदै कुसुस्कोसलाई निरन्तर साथ सहयोग गर्ने वचन दिनुभएको थियो । अध्यक्ष टीकाराम मुलिचाले प्रत्यक्ष वा अप्रक्ष रूपमा संस्थालाई सहयोग पुर्याउहुने सबलाई धन्यवाद दिदै कार्यक्रमाई विसर्जन गर्नु भएको थियो । कार्यक्रमलाई संस्थाका सदस्य उत्तम सुनुवारले सन्चालन गर्न भएको थियो भने बगौचा डटकमले प्रत्यक्ष प्रसारण गरेको थियो


ताजा खबरहरू / Recent Headlines


  • साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
  • साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
  • कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Scholarship Program 2068

    KMTC General Assembly

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९