राष्ट्रव्यापी कविता प्रतियोगिताको तयारी पूरा


Dec 7 2010 Tuesday

साहित्य, संगीत तथा समाजसेवामा सहयोगी बन्दै गइरहेको यस \'कुलदीप सुनुवार स्मृति कोष समिति\'ले यही २०६७ साल मंसिर २६ तदनुसार २०१० डिसेम्बर १२ तारीकका दिन कुलदीप सुनुवारको तेस्रो बार्षिक पुन्यतीथिको अवसरमा \'कुलदीप सुनुवार स्मृति कोष राष्ट्रिय कविता प्रतियोगिता २०६७\' को आयोजना गर्ने निर्णय पारित गरि प्रतियोगिताको लागि रचना पठाउन आव्हान गरेको थियो प्रतियोगिताका लागि सम्पूर्ण तयारीहरू पूरा भएको र प्रतियोगिहरूको सहभागितामा पनि उत्साहित रुपमा बृद्घिहुँदै गएको छ। कुसुस्कोसले विगत बर्ष जस्तै यस कार्यक्रममा गतबर्ष २०६६ मा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा सहभागि भएका सम्पूर्ण रचनाहरूलाई संग्रहित गरि प्रकाशन गरेको \"कुशल\" संग्रहको पनि विमोचन गर्ने कार्यक्रम रहेको यस वर्ष संस्थाले प्रमुख अतिथिमा डा. गोविन्दराज भट्टराईलाई र्निमन्त्रणा गरेको र प्रतियोगिताको निर्णायक मण्डलमा नेपालका प्रसिद्घ साहित्यकार, कवि, लेखक तथा समालोचकहरूलाई संलग्न गरिने भएको छ ।

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण आनलाइन प्रत्रिका बगैचा डटकमबाट हुने । जसबाट प्रतियोगिताका बारेमा प्रत्यक्ष रुपमा विश्वभरमा थाह पाउन सकिने

यसै समचारलाई आधार मानी साहित्यप्रेमी, सर्जक, नवसर्जक तथा कुलदीप सुनुवारका आफन्त, साथीहरू यस कार्यक्रमा सहभागी भई उहाँ प्रति भावपूर्ण श्रद्घाञ्जली अर्पण गदिनु हुन कुसुस्कोसले अनुरोध गरेको छ ।

 कार्यक्रम विवरण
मिति :  २६ मंसिर २०६७
समय : विहान ठिक १० बजे
स्थान : सुनुवार सेवा समाज केन्द्रीय कार्यालय, कोटेश्वर ।
बालकुमारी कोटेश्वर जोड्ने झोलुङ्गे पुलसँगैको रातोभवन


ताजा खबरहरू / Recent Headlines


  • साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
  • साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
  • कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Poem Competition 2065

    Greetings

    Kul-dresess and others

    Village Photos