साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न


Sep 21 2008 Sunday

४ आश्विन २०६५, काठमाण्डौ 
कुलदीप सुनुवार स्मृति कोष समितिले नव सर्जक साहित्य संगम नामक एक कविगोष्ठी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सुनुवार सेवा समाजको भवन कोटेश्वर बालकुमारीमा ११:३० बजे सुरु भएर अपह्रान्न ३ बजेसम्म चलेको उक्त कार्यक्रमा कवि, लेखक तथा साहित्यप्रेमिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अनौपचारिक रूपमा सञ्चलित सो कार्यक्रममा कविहरू- टीकाराम मुलिचा, अतित मुखिया, धर्मेन्द्र विक्रम नेम्वाङ, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्वापो, पुर्ण इन्फादा, चन्द्र गुरुङ, विष्णु श्रापित, उत्तम सुनुवार, खडोस सुनुवार लगायत नव सर्जकहरू - रणवीर सुनुवार, मञ्जु सुनुवार, प्रेम कुमार सुनुवार, दिल कुमार सुनुवार, चम्पक सुनुवार, शंखु बुजिच, चिम्रु बुजिच, सुर्यप्रकाश सुनुवार, नित्तु सुनुवार सबैले अ-आफ्नो कविता, गजल तथा गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम अति गम्भिर र साहित्यमय भएको थियो । कविगोष्ठी पछि चियापानका साथ कार्यक्रम सकिएको थियो । नव सर्जक साहित्य संगम कार्यक्रम संचालनका निम्ति लागेको सम्पूर्ण खर्च सृजनशील साहित्य समाज हङकङले उपलब्ध गराएको थियो । 

स्मरण रहोस् कुलदीप सुनुवार स्मृति कोष समिति ले यस्ता साहित्यक कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका लागी अरु विभिन्न साहित्यिक संस्थाहरूसँग सहकार्य गर्ने र कोषले पनि विभिन्न साहित्यिक कार्यक्रमहरू संचालन तथा आयोजना गर्दै जाने भएको छ ।

 


ताजा खबरहरू / Recent Headlines


  • साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
  • कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....
  • कुसुस्कोसले यसपटक छात्रवृति प्रदान गर्ने

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Scholarship Program 2068

    Poem Competition 2065

    KMTC General Assembly

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९