आमाको वेदनालाई.....


उमा सुनुवार

खै ! कसरी सम्बोधन गरुँ आमा तिमीलाई
कुन स्थानमा राखुँ तिम्रा ती तपस्य र बलिदानलाई
अरुको खुशीको निम्ति तिमी कमारी झैं जोतिँदा
फ्ना इच्छा र आकांक्षलाई मनभित्रै दबाएर
स्वार्थीले दिएका ती उपाधीलाई सहजै स्वीकार्दै
अनेक प्रकारका कटु बचनलाई सहेरै भएपनि
फ्नो जीवन अरुको निम्ति समर्पित गरिदिँदा
तिम्रो बलिदानलाई बुझिदिने
हृदय कसैको भईदिएको भए
कतैबाट आ
फ्नोपनको सम्बोधन तिमीले सुन्न पाएको भए
समाजको कुरिती र कुसंस्कारको साङ्लोले बाँधिएर
बिना अपराधको अपराधी बनी स्वार्थी समाजको कैदमा बाँधिदा
तिम्रा ति निर्दोष आँखाबाट बहेका आँसुहरुलाई
पुछिदिने कुनै ममतामयी हात भईदिएको भए
फ्नो जन्मलाई धिक्कार्दै मनमनै विलौना गर्दा तिमीले
आश्वासन र हौसला बढाँउने साथहरु तिमीले पाएको भए
तिम्रो निश्चल भावनालाई यो स्वार्थी समाजले बुझिदिएको भए
तिम्रा ति सृजनशील हातहरुले देश र समाजलाई स्वर्ग झैं सिंगार्थ्यो होला
तिम्रा ममतामयी साथले देशले सुनौलो विहानी ल्याउथ्यो होला
आज यो धर्तीमा नारी जातीको सम्मान हुन्थ्यो होला
यो देशको उन्न्तीले शिखर चुम्थ्यो होला !
नारी प्रतिका सोचाई र दृष्टिमा परिवर्तन हुन्थ्यो होला
स्वतन्त्र रुपमा उड्ने तिम्रो चाहना पसरा हुन्थ्यो होला
चारैतिर मगमगाउदो फूलको वासना फैलिन्थ्यो होला
तिम्रो महनताको गुनगान इतिहासमा लेखिन्थ्यो होला
अनि तिम्रो स्थान स्वर्ग भन्दा धेरै माथी हुन्थ्यो होला
!
अझ माथी हुन्थ्यो होला !!

प्रिति ५, रामेछाप


Author - उमा सुनुवार | Posted on Apr 16 2009 Thursday | Views : 8659
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५


थप साहित्यहरू / Other Literature


  • जीवन सपना र मृत्यु
  • म हङकङ भइसकेछु
  • आजको शिक्षा पद्घति
  • बेरोजगारीको पिडा
  • जिन्दगी

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Flowers

    Poem Competition 2065

    Village Photos

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९