तेजनाथ दंगाल
हर दिन इतिहास रुन्छ
आँ
एउटाको पराजय निश्चित छ
विजय र पराजय बिच
इतिहास घाइते भइरहेछ
स्वार्थका चोट
आकांक्षाका घाउहरु
क्यान्सर भएर दु्ख्छ
हर दिन इतिहास रुन्छ
आँसुले वेदना धुम्छ ।
कयौं स्वार्थहरु विष्फोट भए
यहाँका चौतारीहरु मौन भए
यहाँका कथा व्यथाहरु
टुलुटुलु हेर्न विवश भए
यहाँका पिरतीका भाकाहरु
गलामा नै ओइलिइ मरे
भीमसेन १ सेरियो
जंगे २ तरवारले रक्त स्नान गर्यो
केवल इतिहास घाइते भयो
नेपोलियन ३ को होस हरायो
हिटलर ४ बौलायो
नवसिर्जनाका पालुवाहरु निमोढिए
यहाँ,
हर दिन दुर्वोधीका आकांक्षा
शढका मूर्खता
दम्मरुपी स्वरमा गुञ्जन्छन्
त्यसैले,
हर दिन इतिहास रुन्छ
आँसुले वेदनामा धुन्छ ।
१. भीमसेन - भीमसेन थापा
२. जंगे - जंग बहादुर राणा
३. नेपोलियन - फ्रान्सका सम्राट
४. हिटलर - जर्मन तानाशाह ।