तारा प्रसाद गिरी
सीएका सीपले दमाई थरले हुन्छन् लुगा सुन्दर
सुनैका गहना बनाई सिपले सुनारले सुन्दर
लटि्कन्छन् ति सबै गराई अति नै सब्लाई नै झंल्लर
सारङ्गी जब त्यो झिकेर मधुरो धुनै जसै बोल्दछ
गाईने जसमा सुसेलि गित ती व्याथा कथा खोल्दछ
चल्ने ती कपडा अछुत जनले सीएर छोडे पनि
गाग्री त्यो चलने पिऊन जल है पीटे नि लोहारले
कुँदेका सिपले ति मूर्ति मठमा कालीगढैको सिप
सीपैले सजिने शरीर जनका मन्दिर नै सीपल
चलने रे सबमा अछुत सिप नी चल्ने पसीना बल
चल्ने त्यो मिहीनेत् दलीत जनको चल्ने नहुने जल
मान्छे हौं सब एक बिचार रगतै रातै छ नी गाँथको
निर्दोष जल त्यो दलित जनको चल्दैन त्यो हातको
धर्तीका फुल हौं अनन्त हसिला देवैजीका सन्तती
देवैका रचना सृष्टि सब हौं सौन्दर्यका सारथी
ईशवरका रचना बिचै नि किन यो पर्खाल औ अन्तर ?
धर्तीको जल त्यो दलित समिपै तर्किन्छ की तर्तर ???
क्यापिटल हिल एकेडेमी, टेकु १२ काठमाण्डौ