नेपालीपन


 

          समोल गरुङ्ग

नेपाली राम्रो दाजु र भाई दउरा र सुरुवालले
चिटिक्क पर्छन् नेपाली दाईभाई ढाका टोपीले
कानमा डाली फूलका थुङ्गा हातमा खु्कुरी
त्यै खुकुरी हाल्न कम्मरमा छ पटुका बाँधेको बेस्सरी
नेपाली राम्री दिदी र बहिनी चौबन्दी चोलोले
सजिने गर्छिन् ती दिदीबहिनी टिका र फुलीले
कम्मरमा छ त्यो त्यस्तै नेपाली पटुका
त्यै पट्कामा त्यो त्यस्तै दिदीबहिनीलाई हाल्नु छ हसियाँ

चैत र वैशाख महिनामा फुल्ने त्यो लालीगुराँस
भेगमा पाइन्छ टिप्न त्यो सिन्दुरे गुराँस
छ यसमा आˆनोपन विश्वमा नेपाली चिनाउने
त्यै गुराँस टिपी नेपाली दाजु ओखती बनाउने
छ यहाँ संस्कार लक्ष्मी मानी गाईलाई पुज्ने

त्यै गाईको मल बारीमा हाली बाली है सप्रने
दिने नै गर्छ यसले दूध बन्छ है घिऊ, दहि-महि
यहि दूध खाए अवस्था हाम्रो हुनेछ स्वस्थ्य सहि
हिमालमा बस्छ त्यै राम्रो चरा चिनिन्छ डाँफेले
त्यो राष्टी्रय चरा विछट्टै राम्रो नौरङ्गी प्वाँखले
त्यो नौरङ्गी डाँफे मयुर झैं बन्दैन घमणडी

त्यसैले त यो राम्रो डाँफे भाको छ नेपाली
तीनकुने झण्डा नेपाली भाग्य रहेछ संसारमा
विश्वमा फरक राष्ट्रीय झण्डा रहेछ नेपालमा
तीनकुने आकार तीनवटा रङ्ग छ यस झण्डामा

विश्वमा कहिल्यै नझुक्ने शक्ति छ यो देश नेपालमा
चिनिन्छौं हामी गोर्खाली भनी संसार-विश्वमा
महान् काम गरेर आज नाम राख्नु छ संसारमा
राष्ट्रलाई उच्च बनाँउनुछ हामी गोर्खाली मिलेर
चाहे त्यो किन नहोस बगाएर रगत गोर्खाली भएर ।


Author - समोल गुरुङ | Posted on Apr 15 2009 Wednesday | Views : 5410
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५


थप साहित्यहरू / Other Literature


  • जीवन सपना र मृत्यु
  • म हङकङ भइसकेछु
  • आजको शिक्षा पद्घति
  • बेरोजगारीको पिडा
  • जिन्दगी

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Poem Competition 2066

    Scholarship Program 2068

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Kul-dresess and others