संघर्षका दिन आए


रमेश कुमार सुनुवार

के गर्नु कोँईच बन्धुहरु, संघर्षका दिन आए
हिजो सम्म सुतेका थियौ, आजा विद्रोह गर्न बाध्य बनाए
हिजो सम्म चुप बसेका, आज बोल्न बाध्य गराए
के गर्नु कोँईच बन्धुहरु, त्यसैले त हाम्रो संघर्षका दिन आए।
श्रमजिवी यी हातहरुमा हत्कडी लगाईएलान्
वर्षौ वर्ष कैदको सजाइहरु सुनाइएलान्
चार पर्खाल र फलामेबारको अंध्यारो कोठामा बस्न वाध्य बनाइएलान्
जति सहनु सहियौ, जति पिडित हुनु भईयौ
जति दमन र अन्याय गर्नु गरे हामी पनि सहयौं

अब हाम्रो अधिकारको लागि
के गर्नु कोँईच बन्धुहरु, त्यसैले त हाम्रो संघर्षका दिन आए ।
हामी हामी बिच भाई भाईमा फुटाउने चाल खेल्लान्
अतितको अवस्थामै ल्याउन गुट उपगुटको जाल हान्लान्
फेरी पनि हाम्रो अधिकारको नाममा मिठो भाषण गर्लान्
जति फुट्नु फुट्यौ हामी एक आपसमा जति गर्नु सबै गरियौ
यिनै हामी माथिको विरुद्घको, विद्रोहको अवाज उठाउँदै
सबै कोँईच बन्धुहरु, हामी एक भई जुटौं
अब हाम्रो अधिकारको लागि
के गर्नु कोँईच बन्धु, त्यसैले त हाम्रो संघर्षका दिन आए ।
हामीलाई पाखा लगाउने षडयन्त्र रच्लान्
फेरी पनि वीरबहादुरको पद दिई अधिकारबाट छुटाउलान्
हामीले रोजेको र खोजेको लक्ष्यको बाटो छेक्लान्
जति झुक्किनु झुक्यौ, अब हामी कहिलै नझुक्क्यौ
देशका बदलिदो नयाँ संविधान निर्माणको पानामा
हाम्रो पूर्ण अधिकारको मांग कोरिनु पर्छ
त्यसैले कोँईच बन्धुहरु, हामी सबै एक भई लड्नु पर्छ

अब हाम्रो अधिकारको लागि
नेपाल सरकार प्रतिगर्दै खबरदार
हामी विरुद्घको भृदभावको गर्दै तिरस्कार

हामी विरुद्घको कार्यको गर्दै बहिष्कार
हाम्रो अधिकारको संघर्षको यात्रामा सहयोग गर्ने बनौ अविष्कार
सम्पूर्ण कार्यमा सफलता मिलोस बनौं हामी होसियार
कोंईच बन्धुहरुमा मेरो नमस्कार
अब हाम्रो पूर्ण अधिकार प्राप्तीको लागि
के गर्नु कोँईच बन्धुहरु, त्यसैले त हामी संघर्ष गर्नै पर्छ । । ।

 


Author - रमेश कुमार सुनुवार | Posted on Apr 15 2009 Wednesday | Views : 5446
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Flowers

    Greetings

    Miscellaneous

    KSTM Kavita gosti pics ( 2065/6/4)