मान्छे खोजिरहेछ यती


          ध्रुवसत्य

मेरा अनेकौं इच्छाहरू मध्ये
अग्र र उग्र इच्छा सपनामै मरूँ
हिउँदमा घाम तापेका दिनहरू भन्दा
अरुबढि न्याना र उज्याला लाग्छन् मलाई
सपना ओडेका रातहरू
मेरा अनेकौं इच्छाहरू मध्ये
अग्र र उग्र इच्छा- सपनामै मरुँ
 
म सपना ओडेर जागेको बेला
तिमी जीवनदेखि डराएर भागेको बेला
तब ताजूब लाग्छ मलाई
जब हामी एकै ठाउँमा भेटिन्छौं
भूत, भविष्य र वर्तमानबाट मेटिन्छौं
हामी भन्छौं - यती खोज्न जाऔं
सगरमाथा चढौं,
म भन्छु- मान्छे खोज्न जाऔ
मान्छेहरू बटुलेर अगाडि बढौं
हामी दूईको विचार मिल्दैन
आखिर हामी दुवै
समाज देखि विचार नमिलेर नै भागेका हौं
विचारलाई बुझाएर बस्नु खुबै
अनि एक्लै यात्रा गर्नु दुवै
आजको समय र समाजका लागी सार्थक होईन,
 
हामी यती खोज्दै खोज्दै
सगरमाथाको शिखरमा पुग्छौं
तिमी भड्कन्छौ- खोई कहाँ छ यती ?
यतीलाई आफ्नो क्यामरामा कैद गर्न पाए
अहा ! गिनिज बुकमा-
यतीको तस्विर खिच्ने पहिलो व्यक्ति !!
तिमी सगरमाथा चढेकोमा खुशी हुदैनौं
झनै यती नभेकोमा दुःखी हुन्छौ ।।
यतिकैमा यती आयो
हामी दुवैलाई धाप मार्दै सोध्यौ -
तिमीहरूले मान्छे देखेको छौ ?
म मान्छे भेट्न भौंतारीरहेछु
तर मान्छे भागी रहेछ,
के तिमीहरूले देखेका छौं-
मान्छेका सुन्दर आबादहरू ??
 
हिउँदमा घाम तापेका दिनहरू भन्दा
अरुबढि न्याना र उज्याला लाग्छन् मलाइ
सपना आडेका रातहरू ।

(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ मा प्रतियोगी कविता)


Author - ध्रुवसत्य | Posted on Apr 3 2009 Friday | Views : 4998
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Family Photos

    KMTC General Assembly

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Village Photos