आखिर सगै नै निश्चित मृत्यु लिएर आएको जन्म


आखिर सगै नै निश्चित मृत्यु लिएर आएको जन्म
क्षणिक समयको अनिश्चित भ्रम
सबै प्राणीको लागी साश्वत सत्य
मानिसलाई छुट काहाँ छ र ?
मनुवा पनि धर्ति कै चरुवा भएपछि
गोप्य समयतालिका भित्रको खुला घटना
जब बिलम बिसाउन काहाँ चुक्छ र ?
तर साश्वत भए पनि यहाँ
आर्को पनि सामन्यत साश्वत जस्तै
बयाको जेष्ठताको रोल क्रममा
झण्डै स्वभाविक मानिएको मृत्यू
आधिकारिकको मान्यता र स्विकार्यताहरु
दैवको गोप्य बिलम कसलाई थाहा
एक्कासी उल्टिएर नसुहाउदो फेरबदल
मान्छे लाई नै अस्वभाविक लाग्ने
रोलक्रम भङ्ग हुदोरहेछ
जानेहरुकै पो खुशी हो कि
हो भने लछारेर फेरी यतै तानौ झै लाग्ने
तर उही नै अनायस पालो मिचेर भाग्ने
यस्तै भयो यहाँ भरखरै
त्यसैले यो मान्छेको चित्त
सोध्दैछु त्यही एउटा यूवा स्मृति रत्न
\'बुक्लु कुलदीप \'सानो\' सगै
बाझौ झै भयो के गर्नै ?
बरु अनायस आउदैछु सबैसामु
छोटो चिनारी गराउ कि भनेर । ।


Author - टीकाराम मुलिचा सुनुवार | Posted on Apr 6 2008 Sunday | Views : 8439
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Flowers

    Greetings

    KMTC General Assembly

    Miscellaneous