\'यस्तो हुने छ यो माटो\'


पंकज सुनुवार

कुवुँ काँस्थली २, रामेछाप

 

हजारौं वर्ष देखि खोसिएको

यो परिचय

यो अस्तित्व

र त्यो गुफा

हजारौं वर्षपछि आज बौरिएको छ, एउटा इतिहास

बजाउदै ढोलझ्याम्टहरू, दम्फुटुङनाहरू यस्तै यस्तै .....

यो परिचय जसले अरुको परिचयलाइ थामेको छ

यो अनुहार जो कैयौ पटक अपहेलित भएको छ

यो गुफा जसले जङ्गलिझुपडिको पिडा रहेको छ

हो

त्यहि, परिचयले समान्तको ज्ञान सिकाउथ्यो

त्यहि अनुहारलाई त्यो माटोको माया लगाउथ्यो

त्यहि गुफाले हाम्रो पूर्खा जन्मायो

जहाँबाट आँगन  झैँ तराई भेटिन्थ्यो

धुरि झै हिमाल देखिन्थ्यो

धड्कन्थ्यो बनेर मुटु निरन्तर ।।

लाग्छ

मेरो अस्तित्व,

मेरो भाषा छ,

मेरो यो पहिरनमा छ

मेरो यो अनुहारमा छ 

कैयौं बहानामा, कैयौं भरासामा

खोसियो त्यो परिचय, त्यो मुटु

अनि सिकाइयो सदियौं देखि एउटै केन्द्रिकृत गणितीय फरमुला

र धोकायो कुनै एउटा धर्मग्रन्थ

अनि बाँधिनु पर्यो ठूलो जन्जिरले सानो किलामा

र छाड्नु पर्यो मैले मेरै लगापूर्गिलाई मेरै साकेलासिलिमा

यस्तै यस्तै.. पिडा पाएको छु

मैले मेरो \'\' गुमाउदा

धेरै पटक बनिसकेकोछु मुखदर्शन,

मेरै अगाडि मेरो पूर्खालाई पर सारिदा ।

कैयौं पटक बनिसकेको छु मूर्ती पार्कहरूमा,

मेरै सामु ची फुर्मा र सुम्निमालाई निरवस्त्र पारिदा

हो,

त्यहि पिडा र दुःखले दन्काएर आगो

चेतनाहरू किनारबाट उम्लिएर,

हिमालबाट पग्लिएर सन्तुलित

पहाडका कुना कन्दरासम्म

विचार उभिएको छ शरिर

र अडिएको छ यो भूतल ।।

 

आएको छ आज त्यो जिजीविषा हाम्रो झुप्रोमा

त्यसैमा लाम्बद्घ फूलहरूको माहोल बोकेर

न कुनै आन्दोलित भीड हो यो

न कुनै खेल नै

गर्दै खबरदारी

आफ्नै गुफाका लागि, आफ्नै भाषाका लागी

सिउदै सिउदै

छरिएका फूलहरू एउटै धागोमा

बनेर माला एउटै, यो बाटोबाट

भएर सियो यो माटोबाट ।।

 

चीं फूर्मा:- सुनुवार जातको कुशल महिला

सुम्निमा:- किराँतीहरूको देवी वा रानी ।


Author - पंकज सुनुवार | Posted on Aug 6 2010 Friday | Views : 5121
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Village Photos

    KMTC General Assembly

    5th Punyatithi

    KSTM Kavita gosti pics ( 2065/6/4)