\"नयाँ नेपालको परिवेश\"


कुशुम सेढाइ

 

नयाँ नेपाल एउटा आश्रम जस्तो

यो एउटा घना जङ्गल जस्तो

मानौ सबै राजधानी तान्ने चुम्बक जस्तो

काला बजारियाको तस्करी जस्तो

महङ्गी भिडभाड र अनीकालले भरिए जस्तो

त्यही त...पानी र विजुली अकाशीए जस्तो

खै कस्तो कस्तो ।।

 

न छ यहाँ बस्नलाई कोठा खाली

न छ यहाँ विकास नव राजनीतिमा सहभागी

न त सडकले पाउँछ सास फेर्न पाली

जताततै धुलामैलो प्रदुषण र अत्याचारी

 

सबै ठाँउ भरि सके घरै घर बस्तीको

धनीलाई चिन्ता छैन सुख सयलको

बाँच्नै गारो सुरक्षा बिना कोही नहुनेको

यहाँ काम पनि छैन घुस र आदेश बिनाको ।।

 

हो ...यसरी नयाँ नेपाल एउटा संकटको

वाण भएर प्रहार भएको छ ।

भोको शरिरले आज देशै निल्ने प्रयास गरेको छ ।

यता महङ्गीको भार खेप्न नसकी

जिन्दगी बन्दकीमा परेको छ

उता खडेरीले बाली नाली भुइमै पसारो पारेको छ ।

 

आज यहाँ गाँउ गाँउमा भुस्या कुकुरसरी

माग्नेको लाम देख्छ

दानव सरी मानवमा चोरी डकैती र

हत्याको भावना बढ्दो देख्दा

सुख सयल मोजमस्ती र फेशन

प्रतियोगिताले गगन चुमेको देख्दा

धुवाँ धुलो र रगतको खोला बगेको देख्दा

आफ्नै मातृभाषा अपहेलित भएको देख्दा

लाग्छ नयाँ नेपाल उखानै उखानले भरिएजस्तो

लाग्छ नयाँ नेपाल केवल पानाभर सिमित भए जस्तो

खै कस्तो कस्तो नयाँ नेपाल ।

खै कस्तो कस्तो......


Author - कुशुम सेढाइ | Posted on Aug 6 2010 Friday | Views : 5425
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Greetings

    Miscellaneous

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Village Photos