समन रावल
पाटनढोका ललितपुर
मातृभूमिलाई दाहाताको क्रूर पञ्जाबाट छुटाउँन अहोरत्र संघर्षशील महान् योद्घ तिमी !
औंशीका रातमा मानवबस्तीमा धुमिल किरण बनेर ज्योतिर्मय प्रभा छर्न उत्सागर्ने तिमी !
बस्ती बस्तीमा र झुपडीमा चेतनाको दीप बाल्दा बाल्दै
सङ्ग्रामको आहुतिमा चम्किए छौ तिमी !
अनन्त प्रदीप्त तारा बनी नम मण्डलमा पुगेछौ
कसका बदान भत्काउने तिमी
काली गण्डकीका उराठ बगरमा लुकेका शालिग्राम तिमीलाई खोज्दा
खोज्दै....
म उराठ मरुभूमिमा पुगेछु
अनि
असिम प्यासले आकाशतिर हेरे
र तिमीलाई सोधे
कालो बादल मौन थियो
तारासँग सोधे तिम्रै दुःखमा टिल्पिलाईरहेको थियो
क्षितिज पारीको मृदुपवनलाई सोधे त्यो पनि
हतार हतार तिम्रै प्राणवादु बोकेर उडिरहेको थियो
तिम्रो प्राणलाई अमरत्व दिन आतुर थियो
तर....
बिहानीलाई सोधे त्यो त कालो अन्धकार फोरेर मृदुमुस्कानले
हाँसिरहेको थियो
अनि थाहा पाँए
तिम्रो नाग विजुलीसरी मेघ बीच चम्किरहेको रहेछ ।
दाहात्वको साङ्ला चुडाउँने तिम्रो हात
एकताको लागि हल्लिरहेको रहेछ
सङर्घषको लागि बलिदान दिने तिम्रो त्यो दृढ गर्जन
कता कता रणमैदानमा घन्किरहेको रहेछ
हो ! देशका महान सपुत तिमी
अब तिम्रो आँसु फगत खेर जाने छैन
बलिदानको समुद्र बन्नेछ
तिम्रा ती चित्कार, पीडा र आर्तनाद सबै
समुद्रमा हलचल ल्याउने ज्वारभाटा बन्नेछन्
र
हाम्रो हृदयका स्पन्दन बन्नेछन्
अनि
अन्यायको करतुत पखाल्ने निर्मल छाँगो बन्ने छन्
तिम्रो त्यो रक्तिम झण्डा बोकेर यो हात
क्रान्ति कल्पवृक्षको जिवन्त हाँगो बन्ने छ !
अनि
त्यही वृक्षको हाँगोमा अर्को कालमायी पुष्प फुल्नेछ ।