जीवन सिटौला
मध्यपुर ठिमी -१ बोडे, भक्तपुर
धर्तीको अतल गहिराईबाट
अनवरत लामा निस्किरहेको छ,
जिउँदो त्यो ज्योती जीवनको
जमिनको दरारमा चप्छिरहेको छ
अनेकौं अनेक प्रभातमा मरुपथको
यात्रीसरि एक जीव, जाग्दो जीवनको
लोभ र सक्रियतामा उकुस मुकुस र
आगो श्वास ओकलीरहेको छ ।
सुन्दर धर्तीको सुन्दर बिहानीमा
सुगन्धि जीवनको सुन्दर सुमन उनेर
वातावरणमा सुगन्ध फैलाउने
ए जीवनहरू हो !
तिमीले टेकेको धर्तीका प्रत्येक पाईला पाईलामा
प्रत्येक पाईलाको नघाई नघाईमा
जीवनको खण्डित दरार छ
त्यहि वर्षौं वर्षदेखि
जीवनको सङगितलाई सुकाएर
स-सम्मानित जीवनको जिजिविषाको
अदम्य रहर गर्दै
केवल दुइ तृषित नेत्रबाट
जीवनको जिउँदो आगो अपलक आकेलेर
सृष्टिको सुन्दर सतहलाई छान्न
आतुर भइरहेको छ ।
अश्रुज्वालाको तीखो नेत्रपात छ
जीवनको गतिलाई छाम्न
सहअस्तित्व, क्षमा र मैत्रीको
सुन्दर गान गाउन
एकाङ्गी मान्छेहरूका पीडक
अधोचापहरूलाई
चेतनाबोधी र सङर्घषी उर्घ्वचाप
दिँदै आवाज समावेशीको
समावेस घन्काइरहेको छ ।