चन्द्रप्रकाश सुनुवार (साङखु बुजिच)
खिचिकात् - ९, फोत् , चुपलु (ओखलढुङ्गा)
कलमको अस्मिता लुटिदै छ
कलमको अस्मिता लुटिनु भनेको
व्यक्तिको आत्मा निर्णयको अधिकार लुटिनु हो
राष्ट्रको अनेकतामा एकता लुटिनु हो
सबै नेताहरू मिलेर
कलमको अस्मिता लुटिदै छन्
सहमतिको राजनीतिमा
बृहत शान्ति सम्झौताको आडमा अनि जनताको नाममा
पार्टीको दादागिरीमा
मेरो कलमको अस्मिता लुटिदै छ ।
हजारौं मनका भावनामा कुल्चिएर
वर्षौंको महामारीबाट बाँचेको कलमले
फेरी व्यक्तिगत ठूलाठालुको सेवामा
हड्डी खाना
निर्दोष कलमको घाँटी निमोठिदै छ
खबरदार कलमको अस्मिता लुटिदै छ ।
कम्प्युटरको जमना आयो
कि-वोर्डको स्विकार्ने होडवाजीमा
फेरी पनि मेरो मालिङ्गोको कलमलाई
घुरेनमा गाड्ने प्रयास गरिँदै छ ।
होसियार,
साथीहरू, फेरी पनि तिम्रो हाम्रो गोजीबाट
कलमको अस्मिता लुटिदै छ ।