Jan 24 2010 Sunday २३ जनवरी, २०१० काठमाण्डौं ।
पूर्व घोषित हाङयुग अज्ञातको एकल कविता वाचन कार्यक्रम सम नाटक घर गुरुकुल पुरानो बानेश्वर काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल समय दिनको २:३० बजे सुरु भएको उक्त कार्यक्रममा प्राज्ञ कवि बैरागी काइँला प्रमुख अतिथि रहनु भएको थियो र विशेष अतिथिमा प्राध्यपक तथा समालोक अभि सुवेदी रहनु भएको थियो । उत्तर आधुनिकताको व्यख्याता तथा समालोचक डा. गोविन्दराज भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा उद्घाटन स्वरुप कवि श्रवण मुकारुङले कविता वाचन गरेपछि कार्यक्रमका नायक कवि हाङयुग अज्ञातलाई माइक्रोफोन हस्थान्तरण गरिएको थियो । उहाँले हालसालै हङकङमा लेख्नु भएको नयाँ कविता मुजिक्नाको कविता शिर्षक रहेको कविताबाट वाचन सुरु गरि क्रमशः लिम्बुवानमा काईला कहाँ छ होला र ?, म मालवाहक जहाज हुँ, घडी, माओजेदुङको देशमा, संगीतकार, मोहमद आलमको कविता, तोफू माजङ खेलीरहेछ, म त हङकङ भैसकेछु, मेरो जोकास्ट आमा गरी जम्मा १० वटा कविता वाचन गर्नु भएको थियो ।
हङकङका कविहरूले पठाएको कविता वाचन गर्ने भनिए तापनि आयोजकको असमतिले गर्दा वाचन हुन सकेन भने विच विचमा नेपालका कविहरू ठाकुर बेलबासे, वुद्धि सागर र विमला तुम्खेवाले आफ्नो एक-एक कविता वाचन गर्नु भएको थियो । साहित्यकार तथा साहित्यप्रेमीहरूको भिडले भरि भराउ सो कार्यक्रमको टिकर दर रु. १५० रहेको थियो । कवि हाङयुग अज्ञातले कर्यक्रमको आयबाट प्राप्त रकम रु. २ हजार कुलदीप सुनुवार स्मृति कोषलाई सहयोग स्वरूप कोषका अध्यक्षलाई हस्थान्तरण गर्नु भएको थियो । कवि शशी लुमुम्वुबाट सन्चालित सो कार्यक्रम संयोजक कवि राजन मुकारुङबाट विसर्जन गरिएको थियो ।
साहित्य समन्वय प्रकाशन, रङ्ग साहित्य फाँट, सृजनशील साहित्य समाज नेपाल र शब्द शताब्दी नेपालको सामुहिक संयोजन रहेको उक्त कार्यक्रमको बगैचा डटकम कमले प्रत्येक्ष प्रसारण (लाईभ अपडेट) गरेको थियो ।