कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न


Dec 13 2009 Sunday

काठमाडौं । कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको छ । कोषका अध्यक्ष टीकाराम मुलिचाले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो भने वरिष्ठ समालोचक तथा प्राध्यापक अभि सुवेदी प्रमुख अतिथि रहनु भएको थियो ।अतिथिहरूमा सृजनशीन अराजक कवि राजन मुकारूङ, सुसेस केन्द्रीय वर्तमान अध्यक्ष टंकराम सुनुवार, नेपाल साहित्य पत्रकार संघ संस्थापक अध्यक्ष नोकुल सिलवाल, गीतकार शुभ मुकारुङ, कवि प्रकाश थामसुहाङ, साहित्य पत्रकार तथा साहित्यकार रमेश पौड्याल, कवि तथा साहित्यकार उपेन्द्र सुब्बा, कवि तथा समालोचक पूर्ण इन्फादालाई आसनग्रहण गराईएको थियो । स्व. कुलदीप सुनुवारको नाममा १ मिनेट मौन धारण गरिसकेपछि कोषका सल्लाहाकार अतित मुखियाले स्वागत मन्तव्य दिनु भएको थियो र मन्तव्य पछि प्रमुख अतिथिज्यूबाट दिप प्रज्वलन तथा स्व. सुनुवारको फोटोमा माल्यार्पण गरी सकेर कुलदीप सुनुवार स्मृति कोष समितिद्वारा प्रकाशित गत वर्ष आयोजना गरिएको प्रतियोगितामा सहभागी कविताहरूको संग्रह \"कुशल भाग २\" को विमोचन गरिएको थियो

कुलदीप सुनुवार स्मृति कोष समितिले आयोजना गरेको \"कुलदीप सुनुवार स्मृति कोष राष्ट्रिय कविता प्रतियोगिता २०६६\" मा नवलपरासीको अर्घौलीका बाबु त्रिपाठी पहिलो, खोटाङको नुनथलाका एमसी सुमित दोस्रो, भोजपुरको देउराली ५ का रीता खत्री तेस्रो भएका छन् । त्यस्तैगरी रामेछापको कुभुकास्थली २ का साजित सुनुवार र इलामको शान्तिपुर ६ का विष्णु नेम्बाङ सुब्बाले सान्त्वना स्थान प्राप्त गरेका छन् । उपेन्द्र सुब्बा, रमेश पौडेल, पूर्ण इन्फादा सम्मिलित निर्णायक समितिले ४५ प्रतियोगीमध्ये त्रिपाठीको \"गुनासो\", सुमितको \"म युद्धरत छु\", खत्रीको \"पीडाको पहाडमा उभिएर\", सुनुवारको \"आफ्नै धरातलबाट यो भूगोल\" सुब्बाको \"वर्ग संघर्ष\" शीर्षकको कवितालाई विजयी घोषणा गरेको हो ।

प्रतियोगिता कुलदीप सुनुवारको दोस्रो स्मृति सभाको सन्दर्भमा आयोजना गरिएको थियो । ओखलढुंगाको खिजीकाती गाउँ विकास समितिमा ९ मा २०३५ साल मंसिर २५ गते जन्मिएका कुलदीप सुनुवारको २०६४ साल मंसिर २६ गते असामयिक निधन भएको थियो । उनै कुलदीपको स्मृतिमा गरिएको प्रतियोगिता कठमाडौंको कोटेश्वरस्थित सुनुवार सेवा समाज भवनको सभाहलमा दुई दिनसम्म चलेको थियो ।

शुक्रबार भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले विजयी प्रतियोगीहरूलाई नगद पुरस्कारका साथ प्रमाणपत्र वितरण गरेका थिए । मन्तव्यको क्रममा प्रा. सुवेदीले प्रतियोगिताले नेपाली साहित्यलाई ऊर्जा प्रदान गरेको भन्दै आफ्नो लागि अविष्मरणीय रहेको धारणा व्यक्त गरे । उनले साहित्यिक वादहरूको आलोचना गर्दै नेपाली साहित्य बहुलताको खोजीमा लागेको ठम्याइ व्यक्त गरे । कार्यक्रममा उनले कुलदीपसँगको अविष्मरणीय क्षणको चर्चासमेत गरेका थिए ।

कार्यक्रममा स्मृति समितिका संरक्षक एवं कुलदीपका सहोदर दाजु नरेश सुनुवारले हङकङबाट टेलिफोनमार्फत सम्बोधन गरेका थिए । उनले कवि प्रकाश थाम्सुहाङलाई यस वर्षको सिर्जनशील साहित्य पुरस्कार दिने निर्णय भएको घोषणासमेत गरे । कोषका सदस्य तथा कवि उत्तम सुनुवारले संचालन गरेको सो कार्यक्रमलाई बगैंचा डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

स्मरण रहोस् यस वर्षको ४५ प्रतियोगि कविताहरूको संग्रह \"कुशल भाग ३\" आगामी वर्ष स्व. कुलदीप सुनुवारको तेस्रो पुन्य तिथिमा स्मृति कोष समितिले प्रकाशन गरि सर्वजनिकिकरण गर्नेछ ।


ताजा खबरहरू / Recent Headlines


  • साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
  • साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
  • कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९

    Miscellaneous

    Scholarship Program 2068

    Village Photos