गोबिन्द लम्साल
मुरली भञ्ज्याङ्-५ धादिङ्ग
रातो प्लेट र्फममा
काला, निला, सेता र
रातै रंगका मसिहरू लिएर
म संविधान लेख्ने
तरखरमा छु ।
थाहा छैन कुन मसिले
स्पष्ट लेखिन्छ संविधान
मेरो प्लेटर्फम रातै छ
कतै आलो रातो,
कतै सुकेको रातो त
कतै रातोमाथी रातैरंग
बारम्बार पोतिएका
धर्साहरू देखिन्छन् ।
हाम्रो बाजेले संविधान लेख्दा
कलश थापेर
कलशमुनि बसेर
संविधान लेखे रे
ति पूर्ण कलशको छत्रछाँयामा
अटेनन् शुक्रराजहरू ।
हाम्रो बुवाले संविधान लेख्दै गर्दा
गुरू मेरी चढाएर
गुरूको निगाहमा
संविधान लेखे रे
गुरूभेटीमा पनि विकेनछन्
शिवहरीहरू !
संविधान कसैलाई मनपर्ने
एकथरी रंगले मात्र पोतिएको
बोर्ड हुनुहुँदैन,
संविधान कुनै रगंका ठेक्का
बोकेर हिडेका
रगं ठेकेदारहरूको
क्यानभास पनि हुनुहुँदैन ।
संविधानको प्रत्येक शब्दमा जीवनको रंग देखीनुपर्छ
संविधानको प्रत्येक मात्रामा
समानताको आभाव भेटीनुपर्छ
त्यसैले
रातो प्लेटफर्ममा
पूर्ण रंग र
सम्पूर्ण शब्दहरू लिएर
म
संविधान लेख्ने तरखरमा छु ।