हाम्रा यात्रामा


शुक्राम बम्जन

महादेवस्थान - २ पिउरी ज्यामी सिन्धुली

 

हिँड्नुपर्छ उकाली ओराली

थकाई नलागेसम्म

संघर्ष गर्नपर्छ बिचारधारा बोकी

बिचारको गन्त्यव्यमा नपुगेसम्म

परिश्रम गर्नुपर्छ नेपाली दाजुभाईहरू

परिश्रम गरेवापत फलप्राप्त नभएसम्म

 

लड्ँनुपर्छ दुश्मनहरूसँग

दुश्मनहरू परास्त नभएसम्म

क्रान्ति गर्नुपर्छ देशमा

गरिबले मुक्त नपाएसम्म

बढ्नुपर्छ यी हाम्रो पाईलाहरू

हामीले पाउनु पर्ने अधिकार नपाएसम्म

 

गाउनु पर्छ गाँउ-गाँउमा गाउनुपर्छ यि बिरक्त गीतहरू

गाँउमा रहेका नेपाली दाजुभाईहरूले नबुझेसम्म

हिँड्नुपर्छ नेपाली युवाहरू एक जुट भई

हाम्रो गाँउ समाज राष्ट्रको द्विप ज्योती नछरेसम्म

निरुत्सहित गर्नु नेपाली युवाहरू

अत्याचार र बलात्कृत नहाटेसम्म ।

 

सम्झाउनु पर्छ नेपाली दाजुभाईहरूलाई

लागुपदार्थ सेवन तथा गलत बाटो नछोडेसम्म

सिकाउँनु पर्छ नेपाली युवाहरूलाई

सामाजिक सहाकार्यमा नलागेसम्म

समाउँनुपर्छ नेपाली युवाहरूलाई

बन्दुक र राईफल नछोडेसम्म ।।।


Author - शुक्राम बम्जन | Posted on Aug 6 2010 Friday | Views : 5192
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Miscellaneous

    Greetings

    5th Punyatithi

    Poem Competition 2066