संविधानसभा


डिल्लि निरौला

साँघुर ताम्राङ ताप्लेजुङ

 

सूर्य तारा हसियाँ र हतौडाहरू हो मिल

रङ्ग ढङ्ग एकै गरि धर्ति आकाशनै मिल

यस्तै सुर बनाएर नेपालीहरू हो मिल

अनेक पात ल्याएर एउटै खिल ।।

 

कैले वारी अनि पारी माथी तल बसिरदा

जीत हाम्रो रती हुन्न चारै तिर डुलिरदा

मिहे छैन भने गोरु जुद्छन अनि मर्दछन्

रानो छैन भने मौरी घारको वास छोड्छन् ।।

 

खनौं खाल्डो मियो गाडौं घार एक बनाउन

गोरु केही चुनि यहाँ लागौं रानो बनाउन

रानोले मौरीमा मेल ल्याए यो लोकतन्त्रमा

घडि बोकेर जनताले लागौं गोरु धपाउँन ।।

 

लठ्ठीलिइ बसिराछौ डोरीमै बझियौ भने

रमिते मात्र हारेर जहिलै कुदिनौ भने

खबरदार सुने हुन्छ लात्ती खुट्टी गर्यौ भने

साँडे आफुहरू जुद्दै हामीलाई मिच्यौ भने ।।

 

यहाँ ढुङगो ठुलो आयो बाटो खन्नु पर्यो यता

तिम्रो साथ यहाँ लाउ पल्टी जान्छ उता कता

लेउ हात मिलाउओ मेरो राख्नेछु बिचमा

सँधै बाँकी जुधि हामी जानु ठिक छ ? विचमा ।।

 

उठे जनता जुटे जनता बेलाआयो नौलो युगको

समस्या पूर्ति मुक्तिको भावीको दिन सुखको

फेरी पाईन्न यो बेला नबुझे आजको कथा

नेपाली मनको अब प्राण यो संविधानसभा ।।।


Author - डिल्लि निरौला | Posted on Aug 6 2010 Friday | Views : 5132
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Poem Competition 2066

    Miscellaneous

    5th Punyatithi

    Poem Competition 2067